logo

नगर प्रमुखलाई  पौडेललाई नागरिकको खुला पत्र ,सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्न आग्रह

 इसीमाना सम्वाददाता     २०८२ असोज २८ गते ०४: ०८ मा प्रकाशित     2315   पटक पढिएको

 सिमरा । जितपुर सिमरा उपमहानगरपालिका–७ का नागरिक शेखर भण्डारीले नगर प्रमुख राजन पौडेललाई सम्बोधन गर्दै सामाजिक संजाल फेसबुक पेज मार्फत एक खुला पत्र  सार्वजनिक गरेका छन।


पत्रमा उनले उपमहानगरको ४१ महिनाको कार्यकालमा भएका कामको समीक्षा गर्दै नागरिकका जिज्ञासा सार्वजनिक रूपमा राख्न खुला सभा ९सार्वजनिक सुनुवाइ० आयोजना गर्न आग्रह गरेका छन।

 

भण्डारीले लेखेका छन,“हजुरले नगर र नगरवासीका लागि गर्नुभएको योगदानको म कदर गर्छु, तर एक मतदाता र नागरिकको हैसियतमा जान्न चाहन्छु — हजुरले वास्तवमै के गर्नु भयो रु यो प्रश्न म मात्र होइन, धेरै नगरवासीका मनमा पनि छ।”

 

उनले थप लेखेका छन, “बन्द कोठाको बहसमा हामीलाई बोल्ने मौका नै दिइँदैन, त्यसैले सञ्चारकर्मी, नागरिक र सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ नै उपयुक्त माध्यम हो।”


भण्डारीले सार्वजनीक सुनवाईको माँग गरेर जीतपुर सीमरा उपमहानगरपालिका अपारदर्शी रुपमा संचालन भएको भेउ खोलेका छन।  सुशासन ब्यवस्थापन ऐन २०६४ को दफा ३० ले पनि स्थानीय निकायले सुशासन र पारदर्शीताका निम्ति सार्वजनीक सुनावाई गर्नु पर्ने प्रवन्ध गरेको छ ।

 

प्रत्येक सार्वजनिक निकायले आफ्नो नीति, कार्यक्रम र सेवा प्रवाह सम्बन्धी कार्यमा नागरिकसँग परामर्श गर्न र समय समयमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानूनी प्रवन्धको खिलाफमा गई उपमहानगरले ४१ महिना देखी एउटा पनि सार्वजनीक सुनवाई गरेको छैन ।

 

उपमहानगरका प्रवक्ता भोजबहादुर खत्री ९इश्वर० ले पनि सार्वजनीक सुनवाई कार्यक्रम नगरेको स्वीकार गरेका छन । भण्डारीले सार्वजनीक सुनवाईको माँग गरेर उपमहानगर नेतृत्व अपारदर्शी र नीति निर्माणमा जनताको सहभागितालाई निषेध गर्दै आइरहेको बिषयलाई उदाङो पारिदिएका छन ।

 

कानूनले  स्थानीय तहले पारदर्शिता कायम गर्दै नागरिकका प्रश्न र जिज्ञासाको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। स्थानीय निकायले नीति, निर्णय र कार्यान्वयनमा नागरिकलाई सहभागी गराउन र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधानले मेयर तथा कार्यपालिका सबै सदस्यलाई जवाफदेही बनाउँछ।

 

तर उपमहानगर ठिक उल्टो मतिमा हिडेको भण्डारीको खुला आग्रले छर्लङ पारेको छ । जीतपुर सीमराका प्रमुख पौडेलले आफू एक्लै ५१ प्रतिशतको स्टेक होल्डर भएको बताउदै आएकोले भण्डारीले नम्रतापूर्वक तर चुनौतीपूर्ण रुपमा जनतासंग प्रत्यक्ष संवाद गर्न अपिल गरेका छन । 


भण्डारीले उमहानगर प्रमुख पौडेलको  जनसेवाप्रतिको उत्तरदायी भावना देखेकोले  जनताको आवाज सुन्ने र जवाफ दिने अवसर दिनुहुनेछ भन्नेमा म ढुक्क छु।” भनी लेखेका छन ।

 

 जितपुर सिमरा उपमहानगरपालिका–७, निवासी भण्डारीले स्थानीय तहहरुलेसार्वजनीक सुनवाई गर्नु पर्ने बाध्यकारी ब्यवस्था स्मरण गराईदिएका छन । सार्वजनीक सुनवाई स्थानीय तहको पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। सेवाग्राही वा नागरिकका सुझाव र गुनासोको उचित जवाफ दिनु प्रत्येक सार्वजनिक अधिकारीको दायित्व हुनेछ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (२०७५ र २०७८)सालमा  परिपत्रहरू मार्फत स्थानीय तहहरूले हरेक आर्थिक वर्षको अन्त्यमा “सार्वजनिक सुनुवाइ” अनिवार्य रूपमा गर्नुपर्नेछ, अन्यथा लेखा परीक्षण तथा अनुगमन प्रतिवेदनमा कमजोरीका रूपमा उल्लेख गरिनेछ भनी निर्देशन गरेको छ ।

 

सार्वजनीक सुनावाई स्थानीय तहकालागि बाध्यकारी रुपमा निर्दिष्ट बिषय हो ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.