logo

अनुशासन कायम गर्न नसेको स्वीकार गर्दै एमाले अध्यक्ष ओलीले गरे आत्मआलोचना

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते ०७: ०० मा प्रकाशित     633   पटक पढिएको

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गरेका छन।

 

शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उनले आफ्ना धारणा प्रस्तुत गर्दै पार्टीमा देखिएका कमीकमजोरीहरू स्वीकार गरेका हुन।

 

 अध्यक्ष ओलीले भने, ‘पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन, अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।’

 

उनका अनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ। उनले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन।

 

ओलीले भने, ‘कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिने गरी गालीगलौज चाहिँ कसैले नगरौँ।’

 

 अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता रहेको बताए।

 

उनले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविक भन्दै त्यसलाई संगठनात्मक सिष्टता भित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गरे ।

 

उनले थपे , ‘पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।’ बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणी गर्दै आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेका आरोप लगाए।

 

 सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ उनले भने।’ अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी चरणमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राखे । अध्यक्ष ओलीले राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यका रूपमा अघि बढाउने संकल्प दोहोर्‍याएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.