logo

मधेश सरकार विस्तार र बिश्वासको मत सम्बन्धमा  पाँच दल चन्द्रनिगाहपुरमा निर्णायक बैठकमा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ७ गते ०१: ४५ मा प्रकाशित     452   पटक पढिएको

वीरगंज ।  मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबण्डा टुंग्याउने उद्देश्यले सत्तारूढ पाँच दल आज निर्णायक बैठकमा बस्दैछन्। बैठक रौतहटको चन्द्रनिगाहपुरमा चल्दै  छ।

 

बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी हुनेछन्। स्रोतका अनुसार बैठकले सरकार विस्तार, मन्त्रालय बाँडफाँट, सरकारको कार्यादेश  र विश्वासको मत सम्बन्धी प्रक्रियाबारे अन्तिम निर्णय लिने तयारी गरेको छ।

 

त्यससँगै बैठकमा हालै जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी र नागरिक उन्मुक्ति पार्टी लाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ।

 

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनले भोलिपल्ट असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएर जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल लाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

 

तर सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँटको सूत्रमा सहमति नजुटेकाले एक साताभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दुई मन्त्रीलाई समेत अहिलेसम्म जिम्मेवारी तोकिएको छैन।

 

आजको बैठकबाट मन्त्रालय बाँडफाँटको अन्तिम रूपरेखा तय गर्ने र सरकार सञ्चालनको प्रारूपमा सहमति जुटाउने अपेक्षा गरिएको छ। नेताहरूको भनाइअनुसार, सहमति जुटेपछि मुख्यमन्त्री सोनलले आगामी केही दिनमै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने  छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, मधेशको नयाँ सत्ता समीकरणले प्रदेशको सत्ता सन्तुलनमा मात्रै होइन, संघीय तहमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। जसपाको प्रमुख भूमिका र जनमत पार्टीको आन्तरिक विभाजनले आगामी चरणमा प्रदेश राजनीतिलाई नयाँ मोड दिने अनुमान गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.