logo

सोनलले लिए मुख्यमन्त्रीको शपथ, सभामुख सहित विपक्षी दलहरू अनुपस्थित

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: ०९ मा प्रकाशित     484   पटक पढिएको

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनलले बिहिवार मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएको समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र  नेपाली कांग्रेसका शीर्ष नेताहरू अनुपस्थित रहे।

 

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलसहित विपक्षी दलका प्रमुख नेताहरू उपस्थित नभएकाले यसलाई नयाँ गठबन्धनप्रति असन्तुष्टि वा ‘राजनीतिक बहिष्कार’का रूपमा हेरिएको छ।

शपथलगत्तै मुख्यमन्त्री सोनलले दुई जना विना विभागीय मन्त्रीहरूलाई पनि शपथ गराए।


जनमत दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी)का कनिश पटेलले मन्त्रीको शपथ लिए पनि उनीहरूलाई अहिलेसम्म कुनै विभागीय जिम्मेवारी तोकिएको छैन।

 

सोनल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नामावली नपठाएकाले पहिलो चरणको मन्त्रिपरिषद् सानो आकारमा सीमित भएको हो।

 

दलहरूबीच मन्त्रालय बाँडफाँटबारे संरचनागत सहमति त भएको छ, तर कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अन्तिम टुंगो अझै लागेको छैन। सोनललाई समर्थन गर्ने गठबन्धनमा जसपा नेपाल १९ सिटसहितको सबैभन्दा ठूलो दल हो।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रमुख विपक्षी दलहरूको अनुपस्थिति र गठबन्धन दलहरूकै ढिलासुस्तीले सोनल सरकारको सुरुवाती यात्रा चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।

 

मधेशको सत्ता समीकरण फेरिए पनि स्थायित्व र सहकार्य कति टिक्छ भन्ने विषयमा अहिले प्रदेश राजनीतिक वृत्तमा चासो र अनिश्चितता दुवै देखिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.