logo

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण ,सोनलद्वारा मुख्यमन्त्रीमा दाबी पेश, एमाले र कांग्रेस पछि परे

 इसीमाना सम्बाददाता     २०८२ असोज २९ गते १२: १२ मा प्रकाशित     191   पटक पढिएको

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री बन्ने दाबी पेश गरेका छन्।

 

 नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सोनलले बहुमतको दाबी पेश गरेका हुन्।

 

मधेस प्रदेशसभामा हाल १०५ सदस्य कायम छन्। सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद छन् — जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ (एक निलम्बितसहित) र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसद छन्।

 

यस गठबन्धनले ५३ को बहुमत पार गर्दै सरकार गठनको संकेत दिएको छ।

 

प्रदेशसभाको शक्ति सन्तुलनमा एमाले — २५ (एक निलम्बितसहित),नेपाली कांग्रेस — २२,
जसपा नेपाल — १९ ,जनमत पार्टी — १३,माओवादी केन्द्र — ९,लोसपा नेपाल — ९(एक निलम्बितसहित),नेकपा (एकीकृत समाजवादी) — ७,राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी — १–१,रहेका छन ।


एमाले र नेपाली कांग्रेस दुबै सत्ता समीकरण बनाउन असफल भए। दुवै दलले आ–आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गरे पनि आवश्यक बहुमत जुटाउन सकेनन्।

 

जसपा, जनमत, माओवादी र लोसपा जस्ता मधेसका प्रभावशाली दलहरूबीच आन्तरिक संवादपछि एमाले–कांग्रेस गठबन्धनको विकल्प स्वरूप नयाँ मधेसी मोर्चा बनेको हो।

 

नेपाली कांग्रेसको नेतृत्वमा एमाले जनमत र लोसपा सरकार बनाउन सहमत भएपनि पछिल्लो क्रममा एमाले कांग्रेस बाहेकको सरकार बनाउने प्रयासले सफलता पाएको हो ।

 

एमाले र कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन लोसपा अध्यष महन्थ ठाकुले लिएको पहलकदमीले सफलता पाएको हो । 

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार बहुमतको दाबी प्रस्तुत गरेका सोनललाई सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ। 

IMG_7915.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.