logo

आफूभन्दा आधा उमेरकी केटीसंग बिवाह गर्ने महागढीमाईका मेयर यादवको उदघोष

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १० गते १२: २२ मा प्रकाशित     783   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा महागढीमाई नगरपालिकाका प्रमुख  नेता उपेन्द्र यादव (उपन) ले सामाजिक सञ्जालमा गरेको एक अभिव्यक्तिले अहिले व्यापक चर्चा पाएको छ। यद्यपी उनले सामाजिक संजालको पोष्ट भने डिलीट गरेका छन । 

 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् कि उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी अर्की युवतीसँग विवाह गर्ने निर्णय लिएका छन्। उनले यस्तो लेखेपनि उनले बिवाह गरिसकेको स्रोतले दावी गरेको छ ।

 

फेसबुकमा उनले लेखेका छन्, “म मेरी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नेछु र मेरो आधा उमेरकी नयाँ केटीसँग विवाह गर्नेछु। मलाई मेरा बच्चाहरूको वास्ता छैन। यदि तपाईँहरूले मलाई समर्थन गर्न चाहनुहुन्छ भने ठीक छ, नत्र मलाई सार्वजनिक समर्थन चाहिँदैन। म मेरो पद छोड्न तयार छु।”

 

उनले फेसबुकमा लेखेको ५ मिनेटमै यो पोष्ट डिलीट गरेका थिए ।तर त्यीबेला सम्म उनको पोष्टलाई संयौले स्क्रीसट गरेर सुरक्षीत गरिसकेको पाइएको छ । उनले यो पोष्टलाई नेपाली कांग्रेसका  महामन्त्री गगन थापा सहित अन्य १८ जनालाई पनि ट्याग गरेका छन । 

 

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यसलाई निजी विषय सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् भने केहीले उनको स्पष्टता र आत्मस्वीकृतिको रूपमा पनि व्याख्या गरेका छन्।

 

स्थानीय राजनीतिक वृत्तमा सक्रिय यादवले सो पोस्ट पछि कुनै थप स्पष्टीकरण दिएका छैनन्। तर उनको उक्त वक्तव्यले व्यक्तिगत र सार्वजनिक जीवनबीचको सन्तुलनबारे पुनः बहस सुरु गरेको छ।

 

समाजशास्त्रीहरूले सार्वजनिक व्यक्तित्वले सामाजिक सञ्जालमा व्यक्त गर्ने व्यक्तिगत निर्णयले जनमानसमा प्रभाव पार्ने भएकाले सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

 

 उनको यो अभिब्यक्ति सामाजिक सांस्कृतिक रुपमा पनि निकै बिचलित भएको टिप्पणी गर्न थालिएको छ । उनले नगरपालिकाको प्रमुख भई सम्पादन गरेका कतिपय कामहरु हिजोका दिनमा विवादमा आएका थिए । उनको सास्कृतिक बिचलनको बिषय हिजोदेखि उठ्दै आएको थियो । आज उनैले यसलाई बहसमा ल्याएका छन ।

आफूभन्दा आधा उमेरकी केटीसंग बिवाह गर्ने महागढीमाईका मेयर यादवको उदघोष,भन्छन वच्चाहरुको वास्ता छैन,सार्वजनीक सर्मथन चाहिदैन पद छोडन तयार छु

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.