logo

आफूभन्दा आधा उमेरकी केटीसंग बिवाह गर्ने महागढीमाईका मेयर यादवको उदघोष

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १० गते १२: २२ मा प्रकाशित     520   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा महागढीमाई नगरपालिकाका प्रमुख  नेता उपेन्द्र यादव (उपन) ले सामाजिक सञ्जालमा गरेको एक अभिव्यक्तिले अहिले व्यापक चर्चा पाएको छ। यद्यपी उनले सामाजिक संजालको पोष्ट भने डिलीट गरेका छन । 

 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् कि उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी अर्की युवतीसँग विवाह गर्ने निर्णय लिएका छन्। उनले यस्तो लेखेपनि उनले बिवाह गरिसकेको स्रोतले दावी गरेको छ ।

 

फेसबुकमा उनले लेखेका छन्, “म मेरी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नेछु र मेरो आधा उमेरकी नयाँ केटीसँग विवाह गर्नेछु। मलाई मेरा बच्चाहरूको वास्ता छैन। यदि तपाईँहरूले मलाई समर्थन गर्न चाहनुहुन्छ भने ठीक छ, नत्र मलाई सार्वजनिक समर्थन चाहिँदैन। म मेरो पद छोड्न तयार छु।”

 

उनले फेसबुकमा लेखेको ५ मिनेटमै यो पोष्ट डिलीट गरेका थिए ।तर त्यीबेला सम्म उनको पोष्टलाई संयौले स्क्रीसट गरेर सुरक्षीत गरिसकेको पाइएको छ । उनले यो पोष्टलाई नेपाली कांग्रेसका  महामन्त्री गगन थापा सहित अन्य १८ जनालाई पनि ट्याग गरेका छन । 

 

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यसलाई निजी विषय सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् भने केहीले उनको स्पष्टता र आत्मस्वीकृतिको रूपमा पनि व्याख्या गरेका छन्।

 

स्थानीय राजनीतिक वृत्तमा सक्रिय यादवले सो पोस्ट पछि कुनै थप स्पष्टीकरण दिएका छैनन्। तर उनको उक्त वक्तव्यले व्यक्तिगत र सार्वजनिक जीवनबीचको सन्तुलनबारे पुनः बहस सुरु गरेको छ।

 

समाजशास्त्रीहरूले सार्वजनिक व्यक्तित्वले सामाजिक सञ्जालमा व्यक्त गर्ने व्यक्तिगत निर्णयले जनमानसमा प्रभाव पार्ने भएकाले सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

 

 उनको यो अभिब्यक्ति सामाजिक सांस्कृतिक रुपमा पनि निकै बिचलित भएको टिप्पणी गर्न थालिएको छ । उनले नगरपालिकाको प्रमुख भई सम्पादन गरेका कतिपय कामहरु हिजोका दिनमा विवादमा आएका थिए । उनको सास्कृतिक बिचलनको बिषय हिजोदेखि उठ्दै आएको थियो । आज उनैले यसलाई बहसमा ल्याएका छन ।

आफूभन्दा आधा उमेरकी केटीसंग बिवाह गर्ने महागढीमाईका मेयर यादवको उदघोष,भन्छन वच्चाहरुको वास्ता छैन,सार्वजनीक सर्मथन चाहिदैन पद छोडन तयार छु

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.