जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन।
यससँगै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरिएको हो।
दाबी पेश गर्ने अन्तिम समय असोज २९, बुधबार, दिउँसो ४ बजे तोकिएको छ।
विज्ञप्तिमा भनिएको मुख्यमन्त्री सिंहले संविधानको धारा १६९(१)(क) अनुसार पदबाट राजीनामा दिएको राजीनामा आजै प्रदेश प्रमुखद्वारा स्वीकृत भएको हो।
नयाँ मुख्यमन्त्रीको नियुक्ति प्रक्रियासँगै अब नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठनको बाटो खुलेको छ।
तपाईको प्रतिक्रिया