logo

हतियार बुझाउन प्रसासनको निर्देशन

वीरगञ्ज, ४ चैत । चैत ३ गते बिहीबार बसेको जिल्ला सुरक्षा समितीको बैठकले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लामा वैध/अवैध हातहतियारको खोजी कार्य सुरु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले कानुन बमोजिम अनुमति लिएको/नलिएको बन्दुक, पेस्तोल जस्ता हातहतियार यहि महिनाको मसान्त भित्र बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार स्थानीय तह निर्वाचन अवधिभर कानुन बमोजिम अनुमति प्राप्त गरेका वा नगरेका हातहतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन आव्हान गरेको छ । वैध वा अवैध हतियार बुझाउन अटेर गर्नेहरुलाई कानुन बमोजिम कारबाही गर्ने सुरक्षा समितीका अध्यक्ष केशवराज घिमिरेले जानकारी दिए ।

3/17/2017

नयाँ शक्ति पर्सामा दुई जिल्ला समिति

बीरगंज ५ चैत । नयाँ शक्ति पार्टी पर्सामा दुईवटा जिल्ला समिति संचालनमा आएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरि हरि मण्डलको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्माण गरिएको जानकारी दिइएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योती सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा, बलिराम साहको अध्यक्षतामा रहेको समितिले बैठक नवसालेको ,मनोमानी रुपमा केन्द्रीय परिषदमा नामावाली पठाएको,तानाशाही शैलीमा पार्टी संचालन गरेको ,कार्यालय संचालन गर्न नसकेको जिल्ला समिति निष्क्रिय रहेको कार्यकर्ता पंक्तिलाई हतोत्साही गर्ने गरि नेतृत्वले ब्यवहार गरेकोले नयाँ समिति बनाउनु परेको हरि मण्डलले बताए ।

3/17/2017

उधोगीहरु फोरम नेपालमा प्रवेश गर्ने 

बीरगंज ५ चैत । बीरगंजको औधोगीक क्षेत्रका चर्चित ब्यक्तिहरु संघीय समाजवादी फोरम नेपालबाट राजनीतिक क्षेत्रमा सक्रिय हुने भएका छन । सत्ताको नजिक रहेर आफनो अनुकल सबै पार्टी र नेतालाई उपयोग गर्न सक्ने उधोपतिहरु आफै राजनीतिक दलमा प्रवेश गरेर राजनीतिमा सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसो त पहिला पनि उधोपतिहरुले बिभिन्न राजनीतिक दलहरुमा आफूलाई समाहित गर्दै आएका हुन । तर पछिल्लो पटक औधोगिक क्षेत्रकै केही ब्यक्तिहरुको गलत प्रवृतिका कारण उधोगीहरु आफै राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको बताइएको छ ।  चैत्र ६ गते पर्साका पोखरीयामा हुन गइरहेको समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रममा उधोगीहरुलाई पार्टीमा स्वागत गरिने  पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले बताए  ।

3/17/2017

प्रेस युनियन बाराको आन्दोलन फिर्ता

कलैया, ३ चैत . नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाराले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । नेपाल पत्रकार महासंघ बारा र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बारा बीच फाल्गुन २३ गते भएको सहमति अनुसार बिहीबारबाट आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको प्रेस युनियन जिल्ला कार्यसमिति बाराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

3/16/2017

पोखरीया नगरपालिकामा नेकपा एमालेको भेला सम्पन्न

पोखरीया नगरपालिकामा नेकपा एमालेको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरीले नेकपा एमाले र मधेशको सदियौ देखि नै सम्बन्ध रहेको र एमालेकै कारण मधेशबाट सामन्त र शोषकहरुको उन्मुक्ति भएको बताए ।

3/15/2017

सभासदद्वारा पूलको शिलान्यास

चैत २ बिरुवागुठी । नेकपा एमालेको तर्फबाट पर्साको क्षेत्र नं ३ बाट निर्वार्चित सभासद राजकुमार गुप्ताले आज एक समारोहकावीचमा आफनो निर्वाचन क्षेत्रमा पूलको शिलान्यास गर्नु भएको छ ।

3/15/2017

सरावगी र रौनियार फोरममा

बीरगंज २८ फाल्गुन । बीरगंजका ब्यवसायीहरुले राजनीतिक रुपमा अगाडि बढेर समाजको नेतृत्व लिने उदघोष गर्दैै राजनीतिक पार्टीमा प्रवेशको घोषणा गरेका छन । नेपालको निर्माण ब्यवसायमा अग्रणी संस्था पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनीयार बीरगंजको सरावगी ग्रुपका संचालक बिजय कुमार सरावगी र बीरगंजकै सत्य चलचित्र मन्दीरका संचालक प्रमोद साहले संघीय समाजवादी फोरम नेपालमा प्रवेशको घोषणा गरेका हुन ।

3/11/2017

पर्सा महासंघमा पूनः बन्जारा

बीरगंज १८ फागुण । नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः श्याम बन्जारा निर्वाचित भएका छन  ।

3/1/2017

संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहको उम्मेदवारी घोषणा 

बीरगन्ज, १४ फागुन । नेपाल पत्रकार महासंघ पर्साको शाखाको आगामी फागुन १७ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा रहेको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहले उम्मेदवारी घोषणा गरेको छ । रेडियो वीरगंज परिसरमा शनिवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षमा श्याम बन्जारा ,उपाध्यक्षमा अनुप तिवारी ,समावेशी उपाध्यक्षमा मायामितू न्यौपाने , सचिवमा युवराज खड्का, सहसचिवमा खुल्ला तर्फ दिपक गौतम, र समावेशी तर्फ आर.के.पटेल र कोषाध्यक्षमा भुषण यादव उम्मेदवार हुने घोषणा भएको हो ।

2/25/2017

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

2/24/2017

हेटौडमा बिरोधका बाबजुद सडक अतिक्रमण हटाइदै

हेटौँडा, १० फागुन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवन भत्काएर शुरु भएको सडक अतिक्रमण हटाउने काम मकवानपुरमा अहिले राप्तीरोडका घरहरु भत्काउन चलिरहेको छ ।

2/21/2017

मध्य तराईकै शैक्षिक धरोहरको रुपमा हरिखेतान स्थापित  ः प्रा.डा.पोखरेल

बीरगंज ८ फागुन । हरिखेतान बहुमुखी क्याम्पसको ३५ औ वार्षिकोत्सव आज एक भव्य समारोहका विच सम्पन्न भएको छ । क्यापस परिसरमा आयोजित कार्यक्रमको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टका भाइस चान्सलर प्रा डा. जीवाराज पोखरेलले उदघाटन गरे ।

2/19/2017

गाउँमै डाक्टरहरुको भिड लागेपछि ठोरीबासी दङ्ग 

फागुन ८ ठोरी आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गर्न पाएपछि ९० वर्षिया नन्दकला कार्की दङ्ग थिइन् । वरिष्ठ चिकित्सकसंग स्वास्थ्य परीक्षण पछि चाउरी परेको अनुहार उज्यालो पार्दै कार्कीले भनिन्–उपचार गर्न सहर जान बुढो शरीरलाई गाह्रो थियो । तर, आफूलाई लागेको रोग सम्बन्धि विशेषज्ञ डा। गाउँमा नै आएर परीक्षण गरेकाले ज्यादै खुशी लागेको छ । निशुल्क स्वास्थ्य परीक्षण संगै औषधी पनि सित्तैमा उपलब्ध गराएको छ । उनी जस्तै ७५ वर्षिय लिलाबहादुर खड्काको प्रतिक्रिया पनि त्यस्तै थियो । बाटोको दुरावस्थाले गर्दा सहरमा उपचार गर्न जान बुढौली शरीरलाई ज्यादै कठिन कुरा थियो ।

2/19/2017

राजनीतिक परिर्वतन संस्थागत भएनःअध्यक्ष बैध

बीरगंज ७ फाल्गुन । नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैधले प्रजातन्त्र दिवसको दिन नेपालीहरुकालागि महत्वपूर्ण रहेको बताए । मंचले होटेल पूजनमा आयोजना गरेको कार्यक्रममा बैधले यस्तो बताएका हुन । फाल्गुन ७ गते १०४ वर्षे राणाहरुको जहाँनिया शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिन भएकोले पनि यसको महत्व रहेको उनको भनाई थियो । 

2/18/2017

रेडियोको आयोजनामा रक्तदान

वीरगञ्ज, ७ फागुन । बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४५ जनाले रक्तदान गरेको रेडियोका अध्यक्ष बिनोद रौनीयारले बताए । रक्तदान कार्यक्रमको प्राध्यापक एवम् चर्चित रेडियो श्रोता कुरबान हवारीले शुभारम्भ गरेका थिए ।

2/18/2017

स्थापनाको २० औं वर्षगाँठको अवसरमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ हुने

३ फागुन,२०७३ काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ ।

2/14/2017

अस्पताल विकास समितीको अध्यक्षमा विनोद गुप्ता

वीरगञ्ज, ३ फागुन : नेपाल सरकारले नारायणी उपक्षेत्रीय विकास समितीको अध्यक्षमा प्रधायापक विनोद गुप्तालाई नियुक्ती गरेको छ । केहि समय अघि देखि रिक्त रहेको अध्यक्ष पदको आज बसेको मन्त्री परिषदको बैठकले नियुक्त गरेको हो । सदस्यहरुको भने नाम गइसकेपनि पत्र आइपुगेको छैन ।

2/14/2017

छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

वीरगंज - गोपालचन्द्र गौतम प्रतिष्ठानको आयोजनामा सोमबार छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् अनिल रुँगटाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सो पुरस्कार प्रदान गरेका हुन् ।

2/13/2017

अनिश्चितकालीन धर्नाको आज २५ औं दिन

कलैया, १ फागुन ः कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै आन्दोलनमा रहेका कलैयावासीले आइतबार २५ औं दिन पनि धर्ना दिइरहेका छन् ।

2/12/2017

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

बारा, १ फागुन ः डुमरवाना बहुमुखी क्याम्पसको ९ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

2/12/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.