logo

स्थानीय तहका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

      7/15/2017 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको


चितवन, ३१ असार : स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । 
    जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेश गर्न दिएको समयमा ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेका छन् । भरतपुर महानगर बाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेको कार्यालयले जनाएको छ । 
    निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान भए पनि आधा बढी उम्मेदवारले खर्च विवरण पेश नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिए । 
    भरतपुर बाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेश गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताए । 

६ सय आठजना उम्मेदवारको धरौटी जफत 
    जिल्लाका निर्वाचन सम्पन्न भएका ६ तहका ६ सय आठजना उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका बाहेकका पाँच नगरपालिका र एक गाउँपालिकाकामा उम्मेदवारी दिएका एक हजार ५१९ मध्ये ६ सय आठजनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले जानकारी दिए । धरौटी फिर्ताका लागि सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.