logo

एमालेको पार्टी प्रवेश एवं कार्यकर्ता भेला

      7/15/2017 गते 00 00 मा प्रकाशित     1108   पटक पढिएको


वीरगञ्ज ३१ असार :

                             नेकपा एमाले महानगरनगर कार्यसमितीले शनिबार वीरगञ्ज १५ मा पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपा एमाले वीरगञ्ज वडा नं. २ का अध्यक्ष इमरान हुसैनको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवं नेशनल मेडिकल कलेजका एमडी बसरुदिन अन्सारी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य निर्मला देवकोटा, नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बञ्जारा, नेकपा एमाले वीरगञ्ज नगरसंयोजक उषमान अन्सारी, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

                         कार्यक्रममा राजपाका वडा नं. २ का उम्मेदवार बिहारी भाई उर्फ मतलु मियाँ ठकुराई लगायत सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीका नेता बसरुदिन अन्सारी, निर्मला देवकोटा, मानदेव हजरा लगायतका नेताहरुले टिका, माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
                          यसैगरी वीरगञ्ज वडा नं. १ छपकैयामा चुनावी छलफल तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । स्थानिय नेकपा एमालेका नेता भिखम महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नवराज शर्मा, विशिष्ट अतिथि नेशनल मेडिकल कलेजका एमडि एवं नेकपा एमालेका नेता बसरुदिन अन्सारी, बसिर हवारी, रहमान अन्सारी, पन्नालाल प्रसाद लगायतले पार्टीको निति, सिद्धान्तको बारेमा चर्चा गर्दै पार्टीका बलियो बनाउनका लागि विभिन्न रणनीतिहरुको बारेमा समेत छलफल गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.