logo

दाहाल सरकारले कार्यकर्तालाई बाँड्यो १७ करोड

      8/2/2017 गते 00 00 मा प्रकाशित     1325   पटक पढिएको

बुधबार, १८ साउन 
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ।
पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ १९ गते एकै दिन पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको देखिन्छ । त्यस दिन ४ सय ८५ जनालाई ५० हजारका दरले २ करोड ४२ लाख ५० हजार वितरण गरिएको थियो भने अन्य ५० जनालाई १ देखी १० लाखका दरले १ करोड ३५ लाख ५० हजार वितरण गरिएको थियो । दाहालले गत जेठ १० मा राजीनामा दिएका थिए ।

दाहाल नेतृत्वको नौ महिने सरकारले आफनो कार्यकालमा आर्थिक सहायताको नाममा १६ करोड ७१ लाख रुपैयाँ बाँडेको भेटिएको छ । दाहाल र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको मिलेमतोमा आर्थिक सहायताका नाममा यति ठुलो रकम दुरुपयोग भएको हो ।

पूर्ववर्ती सरकारले असार १४ मा दोस्रो चरणको स्थानीय चुनावअघि इलाम, झापा, मोरङ, संखुवासभा, प्युठान, उदयपुर, खोटाङ, सुनसरी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, रूपन्देही, बैतडी, दार्चुलाका विभिन्न व्यक्तिलाई आर्थिक सहायताका नाममा रकम बाँडेको हो । आर्थिक सहायता लिनेमा पूर्वमन्त्री, राज्यमन्त्री, सांसददेखी राजनीतिक कार्यकर्तासम्म छन् ।

 दाहाल नेतृत्वको नौ महिने सरकारले आफनो कार्यकालमा आर्थिक सहायताको नाममा १६ करोड ७१ लाख रुपैयाँ बाँडेको भेटिएको छ । दाहाल र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको मिलेमतोमा आर्थिक सहायताका नाममा यति ठुलो रकम दुरुपयोग भएको हो ।
स्थानीय तहको चुनाव फागुन ९ मा घोषणा भएको थियो । निधि गृहमन्त्री रहेका बेला चुनाव घोषणापछि फागुन १७ को मन्त्रिपरिषद् बैठकले एकै दिन चार सय ५२ जनालाई ५० हजारदेखी २ लाखसम्मका दरले रकम दिने निर्णय गरेको थियो । त्यसैगरी जेठ १९ मा बसेको मन्त्रिपरिषद् बैठकले पाँच सय ३५ जनालाई गृह मन्त्रालयमार्फत आर्थिक सहायता दिने निर्णय गरेको थियो ।

आर्थिक सहयाता पाउनेमा तत्कालीन ऊर्जा राज्यमन्त्री माओवादी केन्द्रका सत्यनारायण भगत ५ लाख, नेपाली कांगेसकी सांसद डोटीकी कल्पना सोव १० लाख, पर्वतका अर्जुनप्रसाद जोशी ५ लाख, बाराका राधेचन्द्र यादव ५ लाख र चितवनकी सांसद सावित्री चौधरी छन् ।

आर्थिक सहायता कसलाई कति दिने भन्ने कार्यविधि बन्न सकेको छैन । संसद्को सार्वजनिक लेखा समितिले जथाभाबी पैसा नबाँड्न पटकपटक निर्देशन दिएको छ । सर्वोच्च अदालतले पनि कार्यविधि बनाएर मात्र बाँड्न आदेश दिएको छ । लेखा समितिको निर्देशन र अदालतको आदेश लत्याउँदै हरेक सरकारले आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा आफ्ना कार्यकर्तालाई राज्य कोषबाट रकम दिने गरेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र गृहमन्त्री मिलेर आफू निकटका व्यक्तिलाई रकम दिने निर्णय गर्ने प्रचलन छ । गृह मन्त्रालयले आर्थिक सहायता, उपचार खर्चका नाममा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँछ । व्यक्ति र रकम तोकिएको सो प्रस्ताव गृहमन्त्रीको निर्देशनमा तयार पारिन्छ । सरकारले दिने सहायतामा वास्तविक दुःखी र गरिबको पहुँच पुगेको देखिँदैन ।

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले मन्त्रिपरिषदले निर्णय गरेर अप्ठ्यारोमा परेका मान्छेलाई आर्थिक सहायता दिने गरेको जानकारी दिए । उनले भने, ‘यो चुनावको बेला पनि हुन सक्छ, अरू बेला पनि हुन सक्छ । राज्यले दिने सानोतिनो सहयोग भएकाले जुनसुकै बेला दिनुपर्ने हुन्छ, जनताको जीउधनको रक्षा गर्ने गृह मन्त्रालयको काम हो ।’

उनका अनुसार गृहमा प्राप्त हुने निवेदनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि रकम वितरण गरिन्छ। आर्थिक सहायताका लागि कार्यविधि नभए पनि उपचार खर्च भने कार्यविधिका आधारमा दिइने उनले बताए। कानुन नहुँदा राज्यको ढुकुटीबाट जथाभाबी पैसा वितरण गरिएको प्रधानमन्त्री कार्यालयका एक सहसचिव बताउँछन्। ‘राज्य कोषको दोहन भइरहेको छ। उपचार गर्न नपाएर छटपटिएकाले पाउँदैनन्,’ उनले भने। नागरिक दैनीकबाट

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.