वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
उनले घुस नदिएकै कारण आफू र आफ्नो परिवारमाथि ज्यादती, दुर्व्यवहार गरिएको आरोप समेत लगाएका छन ।
पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टि पकडीटोलमा सञ्चालित महालक्ष्मी सः मिल फर्निचर उद्योगका सञ्चालक मुकेश साहले यस्तो आरोप लगाएका हुन ।
सोमबार गादीमाई समझेदारी बन उपभोक्ता समितिका अध्यक्ष सशरुम राउत गद्धीको नेतृत्वमा बन रक्षक सशस्त्र र नेपाल प्रहरी सहितको टोलीले साहको सः मिलमा छापामारी गरि ८ थान झ्यालको चौकस (फ्रेम) नियन्त्रणमा लिएर गएको उनले बताए ।
साहले मिलबाट घर राख्नकालागि लगिएको झ्यालको चौकस आफनै घर अघिबाट नियन्त्रणमा जानरकाी दिए ।
साहले सोमवार नै घटनास्थलमै पत्रकार सम्मेलन आफूले प्रचलित कानुनी प्रक्रिया पूरा गरेर खरिद गरी ल्याएको सालको काठ प्रयोग गर्दा पनि वनकर्मी र वन व्यवस्थापन समितिका पदाधिकारीबाट अनावश्यक दुःख दिने काम भएको आरोप लगाएका हुन्।
साहका अनुसार उनले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ स्थित बी.आर. सः मिलबाट कानुनी रित पुरा गरि सालको काठ खरिद गरी ल्याएका थिए।
सोही काठबाट झ्यालका चौकस तयार गरी उद्योगमा राखिएको अवस्थामा गादीमाई वन व्यवस्थापन समितिका अध्यक्ष सहरुम राउत गद्दीको नेतृत्वमा छापामारी गरिएको उनको दाबी छ।
सञ्चालक साहले समितिका अध्यक्ष गद्दीको निर्देशनमा अन्य सदस्यहरूले आफूसँग मासिक १० हजार रुपैयाँ माग्ने गरेको आरोपसमेत लगाए।
आफूले मागअनुसार रकम नदिएपछि उद्योग सञ्चालनमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ।
त्यस्तै, डिभिजन वन कार्यालय पर्साबाट पूरा गर्नुपर्ने विभिन्न कागजी प्रक्रिया पनि समितिका अध्यक्षको निर्देशनमा अगाडि नबढाइएको साहले आरोप लगाए।
कानुनी प्रक्रिया पूरा गरेर काठ खरिद गरेको प्रमाण हुँदाहुँदै आफूलाई शंकाको घेरामा राखेर दुःख दिइएको उनको गुनासो छ।
यसैबीच, सोमबार छापामारीका क्रममा घरमा रहेका महिलामाथि वनकर्मी तथा सुरक्षाकर्मीले हातपात र दुर्व्यवहार गरेको आरोप सञ्चालक साहकी श्रीमती महालक्ष्मी साहले लगाएकी छन्।
घटनाका बेला आफू घरमा नरहेको बताउँदै उनले घरमा रहेका महिलामाथि गरिएको व्यवहारप्रति आपत्ति जनाइन्।
पत्रकार सम्मेलनमार्फत घटनाबारे सार्वजनिक गर्दै साहले आफूले खरिद गरेको काठको वैधता जाँच गर्नुको सट्टा अनावश्यक दुःख दिने र आर्थिक दबाब सिर्जना गर्ने काम भएको आरोप लगाए।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यता गादीमाई साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष शहरुम राउत गद्धीले आफू र सुरक्षाकर्मीमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको बताए ।
उनले काठको बिषयमा आएको सूचनाको आधारमा सुरक्षाकर्मीले काठ इलाका प्रहरी कार्यालय सेढवामा लगिएको र संचालकले कागजात सहित आएपछि छोडने सहमतीमा कामठ लगेको उनले बताए ।
उनले सुरक्षाकर्मीलाई सूचना दिने ब्यक्तिले नै घटनालाई बंग्याएको आफूले सूचना पाएको उनले बताए । उनले आरोप प्रमाणीत भए तत्काल राजीनामा दिने बताए ।


तपाईको प्रतिक्रिया