logo

चारकोसे झाडीमा एक युवाको हत्या, आर्थिक खेलमा परेको प्रहरी पत्तो छैन भन्छ 

      7/16/2017 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको

बीरगंज १ साउन । 
मकवानपुर र पर्साको वीचमा रहेको चाकोसे झाडीमा जीन्दगीले मृत्युवरण गर्दा लाशका सौदागरहरु उन्मुक्त हाँसो हाँसीरहेका छन । नागरिकको सुरुक्षाको जिम्मा लिएर बसेको प्रहरीले फगत केही रकमप्रतिको आशक्तिमा मृत्युको बिनिमय गरिरहेको छ । अपराधीहरु झन झन अपराधका बरदातलाई अन्जाम दिदै छन । प्रहरी जागेको  त छैन जागे झै गरेको छ । पर्साको पटेर्वा गाउँपालिकाको एउटा वडा सोनवर्षासंग जोडिएको जंगले क्षेत्रमा जेठ १७ गते एक युवाको हत्या भयो । चितवन जिल्लाको पहाडी क्षेत्रका २१ वर्षका ति युवा प्रजा थरका हुन । पटेर्वा सुगौली गाउँका गाँजाका ठुलो कारोवारी सुरज राउत अहिरको गाँजा मकवानपुरको पाहाड बाट बोकेर ल्याउने भरिया मध्यका ति प्रजालाई जंगलमा कुटपीट गरेर मारिएको स्रोतको दावी छ । भर्खर मात्र बिवाह गरेका प्रजा बिरामी थिए । बिरामी भएकै अवस्थामा उनलाई गाँजा बोकेर पर्साको पटेर्वा आउनु पर्ने भयो । वीच जंगलमा चुरे डाडाको दक्षीण फेदीमा अप्ठेरो भएपछि उनले भारि बिसाएका थिए । बिरामी रहेका कारण गा¥हो भएर गाँजा बोक्न नमानेका प्रजालाई सुरज राउतको टोलीले कुटपीट गरेको थियो । कुटाई पछि ज्यानै जोगाउन गाँजाको भारि बोकेका ति युवा केही समय हिडेपछि बेहोस भएका थिए । उनलाई अहिरको टोली लुगींको स्टेचर बनाएर सोनवर्ष भन्दा माथिको पातलवाघाट लगेको थिए । पटेर्वाबाट मोटरसाइकलमा केही मान्छेहरु त्याहा पुगेका थिए । ति युवालाई उपचारकोलागि मोटरसाइकलमा राखेर लान खोज्दा उनको मृत्यु भइसकेको थियो । अहिरको टोलीले प्रजालाई तयही जंगलमा खाल्डो खनेर गाडेको स्रोतको दावी छ । अहिरले चितवको बिकट पाहाडी क्षेत्रमा घर भएका प्रजाको परिवारलाई आफना त्यस क्षेत्रका कामदारहरु मार्फत डेढलाख रुपैया दिएर कतै केही नभन्न भन्दै धम्क्याएका छन । कतै भने गाँजाको केश भएकोले उजुर वाजुर नलाग्ने भन्दै चुप बस्न भनेका छन । अहिरको यो काममा मकवानपुरको लोथर तिरका सेठ र रामकुमार भन्ने मान्छे लागेका छन । यता आफनै कार्य क्षेत्रमा मान्छेलाई मारेर गाड्दा समेत पटेर्वा इलाका प्रहरी कार्यालय र सो मातहतका प्रहरीचौकी बेखवर भएको नाटक गरिरहेका छन । औपचारिक रुपमा थाहा नभएको नाटक गर्ने प्रहरीलाई घटनाको सबै इतिबृतान्त भने थाहा छ । गाँजाको आयात बापत प्रति बोरा आर्थिक नजराना लिने गरेको छ । प्रहरीले १ किलो गाजा आएको थाहा पाउदा मान्छेको ज्यानै गएको कुरा थाहा नपाउने कुरै हुदैन । पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश बस्नेतले भने घटनाका बिषयमा आफूलाई थाहा नभएको र आफू काहा कुनै उजुरी नपरेको बताए ।उनले उजुरी नपरि काहा के भएको छ थाहा नहुने बताए । उनले जिल्लामा पनि उजुरी नपरेको बताए ।  अपराधकर्ममा लागेका मान्छेहरुको संगतमा प्रहरी परेपछि न्याय मर्दै गएको स्थानीयको गुनासो छ । प्रहरी मेरो साथी खुवै चलेको भएपनि त्यसले आम नागरिकको पहुचमा प्रहरी नपुगेको बाठा र अपराधकर्म गर्नेहरुको स्वागत र सत्कारमा प्रहरी भूलेको उनीहरुको बुझाई छ । प्रहरीका हरैया रंगपुर पटेर्वा  सेढवा लगायतका चौकीहरुले गाँजाका तस्करहरुसंग प्रति बोराका दरले रकम असुल्ने गरेका छन । उनीहरुको रकम प्रतिको यही मोहका कारण चार कोसे झाडीमा धेरैले मृत्यु अंगालेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.