logo

दुईजना मेसुको नाममा भत्ता निकासा, आर्थिक अनियमितता भएको दावी

      8/2/2017 गते 00 00 मा प्रकाशित     1431   पटक पढिएको

बीरगंज १८ साउन । पोखरिया अस्पतालमा एउटै महिनामा दूई जना मेडिकल सुपरिटेण्डेण्टले भत्ता बुझेको पाइएको छ । एउटै सेवा दिएवापत दुई दुईजनालाई भूक्तानी दिइएकोमा अस्पतालकै कर्मचारी चंकित भएका छन । पोखरिया अस्पतालमा रामाशिष ठाकुर र शुसील कुमार चौरसियाले मेसु भक्ता बुझेका हुन ।
१५ शैय्याको अस्पतालको रुपमा रहेको पोखरिया अस्पतालमा सेवाग्राहीले गुणस्तरीय सेवा नपाएको अति गुनसो गर्दै आएपनि सेवा सुविधा लिन भने कर्मचारीहरुले कुनै कसुर बाँकी राखेका छैनन ।

अस्पतालमा डा. चित्तरन्जन साह त्यस पछि रामाशिष ठाकुरले मेडिकल सुपरिटेण्डेण्टको रुपमा प्रशासनीक सेवा दिएको भएपनि २०७३ सालको जेठ असारमा शुसील कुमार चौरसियाको नाममा मेसु भत्ता निकासा भएको देखिन्छ । रामाशिष ठाकुरको बढुवा भई असार मसान्तमा सरुवा भएर रौतहट गएपछि चौरसियाले निमित्त मेसुको जिम्मेवारी पाएका हुन ।
अस्पतालका लेखापाल कृषनन्दन यादवले चौरसियाले मेसु भत्ता खाएको स्वीकार गर्नु भयो । मेसु भएकै कारण उहाँले भत्ता खानुभएको हो यादवले भन्नु भयो एउटै भत्ता दुईजनाले खाएका होइनन । तर पोखरिया अस्पतालको लेखाको लेजरमा भने जेठ र असार महिनामा दुबै जना मेसुको नाममा मेसु भत्ता निकासा भएको छ ।

निकासा भएको कुरालाई यादवले त्यस्तो नभएको दावी गर्नु भयो । अस्पतलामा अहिले जोखिम भत्तासमेत लागू भएको छ । ल्याव र एक्सरेमा काम गर्ने प्राविधिक कर्मचारीलाई जोखिम भत्ता पनि उपलब्ध छ । त्यस्तै नेपाल सरकार तर्फका सबै कर्मचारीले महंगी भत्ता समेत खादै आएका छन । अस्पतालमा पाँच जना चिकित्सकको दरवन्दी भएपनि अहिले जम्मा २ जना चिकित्सक मात्र कार्यरत रहेका छन । दैनीक दुई सय सम्म बिरामीहरुले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा बिकास समितिको तर्फबाट  १७ जना कर्मचारी भर्ना गरिएका छन । अस्पतालको आन्तरिक स्रोतबाट कर्मचारीको सेवा सुविधा दिइने गरि नियुक्त कर्मचारीहरुले अहिले मापदण्ड अनुसारको  तलव सुविधा भने नपाएको गुनासो गरेका छन । अस्पताल बिकास समितिको आम्दानीको कुनै निश्चितता नहुदा पनि कर्मचारी नियुक्ति गरेर बिकास समितिले अधिकार दुरुपयोग गरेको टिप्पण्ी हुन थालेको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.