logo

दुईजना मेसुको नाममा भत्ता निकासा, आर्थिक अनियमितता भएको दावी

      8/2/2017 गते 00 00 मा प्रकाशित     1263   पटक पढिएको

बीरगंज १८ साउन । पोखरिया अस्पतालमा एउटै महिनामा दूई जना मेडिकल सुपरिटेण्डेण्टले भत्ता बुझेको पाइएको छ । एउटै सेवा दिएवापत दुई दुईजनालाई भूक्तानी दिइएकोमा अस्पतालकै कर्मचारी चंकित भएका छन । पोखरिया अस्पतालमा रामाशिष ठाकुर र शुसील कुमार चौरसियाले मेसु भक्ता बुझेका हुन ।
१५ शैय्याको अस्पतालको रुपमा रहेको पोखरिया अस्पतालमा सेवाग्राहीले गुणस्तरीय सेवा नपाएको अति गुनसो गर्दै आएपनि सेवा सुविधा लिन भने कर्मचारीहरुले कुनै कसुर बाँकी राखेका छैनन ।

अस्पतालमा डा. चित्तरन्जन साह त्यस पछि रामाशिष ठाकुरले मेडिकल सुपरिटेण्डेण्टको रुपमा प्रशासनीक सेवा दिएको भएपनि २०७३ सालको जेठ असारमा शुसील कुमार चौरसियाको नाममा मेसु भत्ता निकासा भएको देखिन्छ । रामाशिष ठाकुरको बढुवा भई असार मसान्तमा सरुवा भएर रौतहट गएपछि चौरसियाले निमित्त मेसुको जिम्मेवारी पाएका हुन ।
अस्पतालका लेखापाल कृषनन्दन यादवले चौरसियाले मेसु भत्ता खाएको स्वीकार गर्नु भयो । मेसु भएकै कारण उहाँले भत्ता खानुभएको हो यादवले भन्नु भयो एउटै भत्ता दुईजनाले खाएका होइनन । तर पोखरिया अस्पतालको लेखाको लेजरमा भने जेठ र असार महिनामा दुबै जना मेसुको नाममा मेसु भत्ता निकासा भएको छ ।

निकासा भएको कुरालाई यादवले त्यस्तो नभएको दावी गर्नु भयो । अस्पतलामा अहिले जोखिम भत्तासमेत लागू भएको छ । ल्याव र एक्सरेमा काम गर्ने प्राविधिक कर्मचारीलाई जोखिम भत्ता पनि उपलब्ध छ । त्यस्तै नेपाल सरकार तर्फका सबै कर्मचारीले महंगी भत्ता समेत खादै आएका छन । अस्पतालमा पाँच जना चिकित्सकको दरवन्दी भएपनि अहिले जम्मा २ जना चिकित्सक मात्र कार्यरत रहेका छन । दैनीक दुई सय सम्म बिरामीहरुले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा बिकास समितिको तर्फबाट  १७ जना कर्मचारी भर्ना गरिएका छन । अस्पतालको आन्तरिक स्रोतबाट कर्मचारीको सेवा सुविधा दिइने गरि नियुक्त कर्मचारीहरुले अहिले मापदण्ड अनुसारको  तलव सुविधा भने नपाएको गुनासो गरेका छन । अस्पताल बिकास समितिको आम्दानीको कुनै निश्चितता नहुदा पनि कर्मचारी नियुक्ति गरेर बिकास समितिले अधिकार दुरुपयोग गरेको टिप्पण्ी हुन थालेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.