logo

संशोधन बिना राजपा निर्वाचनमा सहभागी हुँदैन : महन्थ ठाकुर

      7/15/2017 गते 00 00 मा प्रकाशित     1050   पटक पढिएको


वीरगञ्ज, ३१ असार :

                             राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन बिना राजपा नेपाल तेश्रो चरणको निर्वाचनमा पनि सहभागिता नजनाउने प्रष्ट पारेका छन् । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका अन्र्तगत बिन्दावासिनीमा आयोजित निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी ठाकुरले सरकारले संशोधन गरेको खण्डमा भने राजपा नेपाल निर्वाचनमा सहभागि हुने बताए ।
                             उनले सरकारले अहिले पनि मधेश र मधेशीको हकअधिकारको कुरामा सकारात्मक नरहेको आरोप समेत लगाए । राजपाको महिला नेतृ पुष्पा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री विमलप्रसाद श्रीवास्तव, सहमहासचिव नेजामुद्दिन समानी, केन्द्रिय सदस्यहरु शशिकपुर मियाँ, लक्ष्मीकान्त तिवारी, विजय पटेललगायतले मन्तव्य राखेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.