logo

महानगरमा अन्सारी र आचार्य एमालेका कप्तान र उपकप्तान

      8/2/2017 गते 00 00 मा प्रकाशित     1280   पटक पढिएको

बीरगन्ज १८ श्रावण । 
नेकपा एमालेले प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगर बीरगन्जको मेयर तथा उपमेयर उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । आज बीरगन्जमा एमालेको सम्पन बैठकले मेयरमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदीन अंसारी तथा उपमेयरमा सोफिया अचार्यलाई उम्मेदवार बनाउने आधिकारीक निर्णय गरेको हो । सोफिया एमाले पर्साका निवर्तमान अध्यक्ष चिरंजिवी आचार्यको श्रीमती हुन ।
एमाले महासचिव ईश्वर पोखरेल, प्रदेश नम्बर २ का प्रमुख सत्यनरायण मण्डल , उपप्रमुख नागेन्द्र चौधरी ,पर्सा इन्चार्ज रामचन्द्र साहको विशेष उपस्थितिमा एमाले पर्साको सम्पन बैठकले सो निर्णय गरेको हो । बीरगन्ज मुलुुकको आर्थिक केन्द्र रहेकोले एमालेले बीरगन्जको नतिजा आफनो पक्षमा पार्न महानगरलाई ५ वटा क्षेत्र बनाई आफना सांसद, महिला , दलित तथा विधार्थी युवा नेतालाई परिचालन गर्ने निर्णय समेत गरेको एमाले प्रचार विभाग पर्साका प्रमुख डा. विश्वम्भर शार्माले बताए  ।
यसैगरि १९ गते देखी २३ गते सम्ममा पर्सामा रहेको १ महानगर १ नगरपािलका तथा ११ वटा गाउपालिका इकाईको निर्वाचन सम्बन्धी सम्पुर्ण तयारी पुरा गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकबाट एमाले पर्साका जिल्ला कमिटी सदस्यहरुको जिम्मेवारी बाडफाट भएको छ । युवा विधार्थीको इन्चार्जमा मनोज चौधरी, दलितको इन्चार्जमा मेघराज पासवान , महिलाको इन्चार्जमामा प्रभा खड्का , प्रेस चौतारीको इन्चार्जमा डा. विश्म्भर शर्मा लगायत २१ वटा जनसंगठनको प्रमुखको जिम्मेवारी बैठकले तोकेको छ । एमाले पर्साका संयोजक प्रभु हजराको अध्यक्षतामा भएको बैठकमा प्रदेश नम्बर २ का सदस्य , सांसदहरु तथा जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.