logo

महानगरमा अन्सारी र आचार्य एमालेका कप्तान र उपकप्तान

      8/2/2017 गते 00 00 मा प्रकाशित     1422   पटक पढिएको

बीरगन्ज १८ श्रावण । 
नेकपा एमालेले प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगर बीरगन्जको मेयर तथा उपमेयर उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । आज बीरगन्जमा एमालेको सम्पन बैठकले मेयरमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदीन अंसारी तथा उपमेयरमा सोफिया अचार्यलाई उम्मेदवार बनाउने आधिकारीक निर्णय गरेको हो । सोफिया एमाले पर्साका निवर्तमान अध्यक्ष चिरंजिवी आचार्यको श्रीमती हुन ।
एमाले महासचिव ईश्वर पोखरेल, प्रदेश नम्बर २ का प्रमुख सत्यनरायण मण्डल , उपप्रमुख नागेन्द्र चौधरी ,पर्सा इन्चार्ज रामचन्द्र साहको विशेष उपस्थितिमा एमाले पर्साको सम्पन बैठकले सो निर्णय गरेको हो । बीरगन्ज मुलुुकको आर्थिक केन्द्र रहेकोले एमालेले बीरगन्जको नतिजा आफनो पक्षमा पार्न महानगरलाई ५ वटा क्षेत्र बनाई आफना सांसद, महिला , दलित तथा विधार्थी युवा नेतालाई परिचालन गर्ने निर्णय समेत गरेको एमाले प्रचार विभाग पर्साका प्रमुख डा. विश्वम्भर शार्माले बताए  ।
यसैगरि १९ गते देखी २३ गते सम्ममा पर्सामा रहेको १ महानगर १ नगरपािलका तथा ११ वटा गाउपालिका इकाईको निर्वाचन सम्बन्धी सम्पुर्ण तयारी पुरा गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकबाट एमाले पर्साका जिल्ला कमिटी सदस्यहरुको जिम्मेवारी बाडफाट भएको छ । युवा विधार्थीको इन्चार्जमा मनोज चौधरी, दलितको इन्चार्जमा मेघराज पासवान , महिलाको इन्चार्जमामा प्रभा खड्का , प्रेस चौतारीको इन्चार्जमा डा. विश्म्भर शर्मा लगायत २१ वटा जनसंगठनको प्रमुखको जिम्मेवारी बैठकले तोकेको छ । एमाले पर्साका संयोजक प्रभु हजराको अध्यक्षतामा भएको बैठकमा प्रदेश नम्बर २ का सदस्य , सांसदहरु तथा जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.