वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा एमालेका पर्सा इन्चार्ज पभू हजरा, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव सहित प्रदेश सदस्यहरु पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा वीरगंज महानगरका अध्यक्ष लियाकत अली लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले एकअर्कामा शुभकामना साटासाट गर्दै चाडपर्वलाई आपसी सद्भाव र मेलमिलापका साथ मनाउने सन्देश दिएका थिए।
यसैवीच बिहान वडा नं २३ प्रसौनीमा भएको भेलाले नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीले महानगरका ३२ वटै वडा कमिटीका अध्यक्षहरूलाई आ–आफ्नो वडामा सक्रिय भएर काम गर्न निर्देशन दिएको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउन र वडा कमिटीका गतिविधिलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिइएको महानगर अध्यक्ष लियाकत अलीलले जानकारी दिए।
महानगर कमिटीले स्थानीय जनताका समस्या र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्न पनि वडा अध्यक्षहरूलाई आग्रह गरेको छ।
पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध बलियो बनाउन वडा तहमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा एमाले महानगर कमिटीले जोड दिएको छ।
तपाईको प्रतिक्रिया