logo

विधि भन्दा बाहिर गएर कसैले टिकट पाउदैन: सभापति पन्त

 इसीमाना सम्बाददाता     २०८३ कार्तिक ७ गते ०६: ५६ मा प्रकाशित     59   पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एबम प्रतिनिधि सभा सदस्य हरि पन्तले आउँदो स्थानीय चुनावमा रास्वपाले पार्टीको विधि सम्मत रुपमा मात्र टिकट बितरण गर्ने  बताएका छन ।

 

उनले विधि भन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने हुनाले सबैलाई ढुक्क हुन आग्रह समेत गरेका थिए ।

 

शुक्रबार राति सांसद पन्त द्वारा आयोजित बडा दशैको शुभकामना एबम टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

 

 स्थानीय क्लासिक ब्यान्क्वेटमा आयोजित शुभकामना तथा टीका कार्यक्रममा उनले पार्टीको " हामी आउदैछौ " कार्यक्रम सम्बन्धि प्रसङ्गलाई जोडदै यस पालिको चुनावमा पार्टीले ल्याएको उम्मेदवार क्लब , पोल्टिकल प्रोक्सिमिटि , प्रारम्भिक निर्बाचन र समाबेसिताको अबधारणा अन्तरगत त्यस क्लब बाट प्रशिक्षित ,परिक्षित र योग्य ब्यक्ती मात्र पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।

 

 उनले भने कोहि जिल्ला सभापतिको नजिक भएकै भरमा , प्रदेश सभापतिको नजिक भएकै आधारमा वा कुनै माननियको नातेदार भएकै कारणले मात्र कसैले टिकट नपाउने हुँदा कोहि पनि योग्य ब्यक्तिले बिचलित हुनु पर्ने अबस्था आउदैन ।

 

 जिल्ला संगठन बिभागका प्रमुख कृष्ण पास्वानले सहजीकरण गरेका उक्त शुभकामना तथा टीका कार्यक्रममा सभापति पन्तले त्यहाँ उपस्थित मान्यजनहरु बाट आफुले पनि टीका ग्रहण गर्दै टीका तथा शुभकामना प्रदान समेत गरेका थिए ।

 

कार्यक्रममा जिल्लाका तुलसा पौडेल , सुदिश प्रजापति , परबेज अखतर लगायत क्षेत्रीय सभापतिहरु , पालिका सभापतिहरु वडा सभापतिहरु लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.