जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट दिएको राजीनामा शनिबार प्रदेश प्रमुखबाट स्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि आगामी मंसिर ४ गते शुक्रबार दिनको ४ बजेभित्र आफ्नो दाबी पेस गर्नुपर्नेछ ।
मुख्यमन्त्री यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणका लागि दलहरूबीच छलफल तीव्र हुने देखिएको छ ।
तपाईको प्रतिक्रिया