जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले पार्टी समायोजनपछि प्रदेश पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरेको छ ।
जनकपुरस्थित प्रदेश पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणसँगै प्रथम कार्यकारिणी बैठकसमेत सम्पन्न भएको हो ।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय लालबाबु राउत गद्दी र जितेन्द्र सोनललगायतका नेताहरू सहभागी थिए ।
पार्टी समायोजनपछि आयोजना गरिएको शपथग्रहण तथा पहिलो कार्यकारिणी बैठकलाई मधेस प्रदेशमा पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ ।
बैठकमा प्रदेशस्तरमा पार्टीका आगामी गतिविधि तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
शपथग्रहण कार्यक्रमले समायोजनपछि प्रदेश समितिलाई औपचारिक रूपमा सक्रिय बनाउने र आगामी राजनीतिक गतिविधिका लागि संगठनात्मक आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया