logo

पत्रकारमाथिको प्रहरी धरपकडविरुद्ध जनकपुरमा प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १४ गते ०७: ५६ मा प्रकाशित     88   पटक पढिएको

जनकपुरधाम । सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई लिएर मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्।

 

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा शनिबार आयोजित प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रहरीको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको पेसागत सुरक्षाको माग गरेका हुन्।

 

शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनापछि पत्रकारहरू सडकमा उत्रिएका हुन्।

 

प्रदर्शनका क्रममा उनीहरूले सञ्चारमाध्यममाथि हुने हस्तक्षेप रोक्न र पत्रकारलाई स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउन राज्यसँग माग गरेका थिए।

 

पत्रकारहरूले समाचारको विषयलाई लिएर पत्रकारमाथि धरपकड गर्ने तथा सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा प्रत्यक्ष असर पार्ने बताएका थिए।

 

उनीहरूले पत्रकारिता क्षेत्रलाई त्रास र दबाबमुक्त बनाउनुपर्नेमा जोड दिँदै घटनाको निष्पक्ष छानबिन गर्न र धरपकडमा संलग्न प्रहरी अधिकारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

 

प्रदर्शनमा जनकपुरधामस्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएकाले यसको संरक्षणका लागि राज्य गम्भीर हुनुपर्ने बताएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.