logo

जनमत पार्टीको अध्यक्षमा पुन डा. सीके राउत निर्वाचित

 इसीमाना सम्वाददाता     २०८३ असोज १८ गते ०६: २३ मा प्रकाशित     74   पटक पढिएको

वीरगन्ज । जनमत पार्टीको अध्यक्षमा पुन डा. सीके राउत निर्वाचित भएका छन् ।

पार्टीको वीरगञ्जमा सम्पन्न दोस्रो महाधिवेशनमा भएको निर्वाचनमा डा. राउत अध्यक्षमा पुन. निर्वाचित भएका हुन् । निर्वाचनमा कूल १ हजार १२६ सदर मत खसेको थियो, जसमध्ये डा. राउतले ९५८ मत पाएका हुन् ।

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि आइतबार मतदान भएकामा अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधान अनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान थियो।

अन्य पदाधिकारीमा को–को ?

महाधिवेशनबाट उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेकोमा सात जना निर्वाचित भएका छन् । जसअनुसार माधवप्रसाद सिंह (पर्सा)। राजयकुमार यादव (सिरहा), अनिताकुमारी मण्डल (सिरहा) चयन भएका छन् ।

यसैगरी बसन्तकुमार कुशवाहा (रौतहट), अनितादेवी साह (धनुषा), डा. जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) निर्वाचित भएका हुन् ।

यस्तै पार्टीको महासचिवमा ६१८ मतसहित सञ्जयकुमार यादव निर्वाचित भएका छन् । निर्वाचनमा उनका प्रतिद्धन्द्धी ममता झा २२० र चन्दनकुमार सिंह १६५ मत पाएका थिए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

त्यस्तै उपमहासचिव पदमा सिरहका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत ल्याए ।

यसैगरी सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।

७ सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह पराजित भए ।

महाधिवेशनमा भएको मतदानमा सचिवालय र केन्द्रीय कार्यकारिणी सदस्यहरू समेत चयन भएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.