वीरगंज । अग्रगामी मोर्चाले बीरगंजमा असोज ३ गते आयोजना गर्न लागेको भेला तथा प्रशिक्षणको भब्य तयारी गर्ने भएको छ ।
तयारीकालागि मोर्चाको बारा पर्सा रौतहट समन्वय समितिको बैठक वीरगंजमा सम्पन्न भएको छ ।

बारा पर्सा र रौतहटका मोर्चामा रहेका ८ वटै घटकका जिल्ला अध्यक्षहरु रहेको मुल ब्यवस्थापन एवं जन परिचालन समिति निर्माण गरिएको प्रलोपाका मधेश प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले जानकारी दिए ।
दासको अध्यक्षतामा भएको बैठकमा जसपाका महासचिव एवं मधेशका पूर्व मुख्यमनत्री लालबाबु राउत,प्रलोपाको अध्यक्ष परिषद्को सदस्य अशोक जैसवाल,आजपाको नेता अशोक लामा ,जनमतको प्रदेश अध्यक्ष गजान्नद यादव , आजपाको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको बैठकमा सहभागिता रहेको थियो ।

बैठकले गरिमा चौधरीको हत्यारा तथा यस्तै प्रकारका अन्य घटनाका जघन्य अपराधीहरूलाई संविधान संशोधन गरि फाँसीको सजाय दिलाउनको लागि नेपाल सरकार संग जोडदार मांग गरेको छ ।
तपाईको प्रतिक्रिया