logo

रास्वपामा पदाधिकारी र सचिवालयमा थपिए नेता, प्रवक्तामा खरेल,अर्थमा लिमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ ५ गते ०४: ३५ मा प्रकाशित     201   पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय सदस्य थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा १३ जना थप गरेको एक नेताले जानकारी दिए । 

 

सचिवालयमा सदस्यमा शिशिर खनाल, मनिष झा, पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान छन् ।

 

साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पाँच जनाको सचिवालय  बनाएको थियो । बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने प्रावधान रास्वपाको विधानमा छ । 

 

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन् । जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा सञ्चारमन्त्री भएका खरेल पछि रास्वपा प्रवेश गरेका थिए । 

 

२१ फागुनको चुनाव लडेर सांसद बनेका उनै खरेललाई रास्वपाले प्रवक्ता बनाएको हो । रास्वपाको केन्द्रीय समिति बैठकले  कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ । 

 

यसैगरी बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनीत गरेको छ भने लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । 

 

यसैगरी सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा.तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाललाई मनोनीत गरिएको छ । 

 

यस्तै केही नेताहरू केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सुधन गुरुङ, भूपदेव शाह, सुनील लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी भक्तबहादुर राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.