logo

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

 इसीमाना सम्वाददाता     २०८३ भदौ १ गते ०५: ३५ मा प्रकाशित     90   पटक पढिएको

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

 कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित गरेका राजनीतिक उपलब्धि, वर्तमान मधेशको अवस्था तथा आगामी दिनमा लिनुपर्ने राजनीतिक, सामाजिक र आर्थिक दिशाबारे गहन छलफल गरिएको छ।

 

प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा सहजकर्ता अधिवक्ता आनन्द गुप्तालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।


पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेशका पुराना राजनीतिक नेतृत्वको परीक्षण भइसकेको भन्दै नयाँ नेतृत्व स्थापित हुन नसक्दा अहिले मधेशमा नेतृत्वको रिक्तता देखिएको बताएका छन्।

 

लालले पुराना नेताहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेशको राजनीतिमा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको धारणा राखे।

 

उनले विगतकै शैली र परम्परागत राजनीतिक अभ्यासबाट मात्रै अब नयाँ नेतृत्व स्थापित हुन नसक्ने बताए। मधेशको वास्तविक समस्या र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व पहिचान गर्न गम्भीर प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

 

‘जनताको वास्तविक हितमा काम गर्ने नेताको खोजी हुनुपर्छ,’ लालले भने, ‘यसका लागि युवा पुस्ताले नै सक्रिय भएर मेहनत गर्न जरुरी छ।’

 

मधेशको राजनीतिक भविष्य निर्माणका लागि नयाँ पुस्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वमा नयाँ सोच, क्षमता र जनउत्तरदायित्व आवश्यक रहेको बताए।

 

पुरानो राजनीतिक अभ्यासको निरन्तरताभन्दा जनताका वास्तविक सरोकारलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो।

 

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान संशोधनको विषय मधेशका लागि संवेदनशील रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन गर्दा मधेसले विगतका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारसमेत गुम्ने जोखिम रहेको दाबी गरे।

 

मधेशको राजनीतिलाई वर्तमान परिस्थितिअनुसार अत्यन्तै सचेत र रणनीतिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै त्रिपाठीले प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि राजनीतिक पहल आवश्यक रहेको बताए।

 

उनले मधेशकेन्द्रित राजनीतिक दलहरूले समेत आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। जनताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसके मधेशकेन्द्रित दलहरूको प्रभाव थप कमजोर हुन सक्ने उनको भनाइ थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.