logo

परिक्षाको मर्यादा उल्लंघनको आरोपमा यादव प्रहरी नियन्त्रणमा, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा लाठीचार्ज

 इसीमाना सम्वाददाता     २०८३ सावन २८ गते ०७: ५४ मा प्रकाशित     88   पटक पढिएको

वीरगंज । परिक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सदस्य आयुष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा दुई जना विद्यार्थी घाइते भएका छन् ।

 

बिहीबार क्याम्पसमा राजनीति शास्त्रको स्नातोकोत्तरको फस्ट सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका बेला यादवले परीक्षा हलमा मोबाइल फोन प्रयोग गरेर परिक्षाको मर्यादा उल्लंघन गरेको आरोप लागेको छ । 


यादव क्यउाम्पसले ब्यवस्थापन गरेको सिट प्लान भित्रको कोठामा नवसी अन्य कोठामा बसेका थिए ।

 

परिक्षमा सहभागि बिद्यार्थीहरुको हाजीर गर्ने क्रममा उनी सिट प्लान भन्दा बाहिरको कोठमा रहेको कुरा खुलेको क्याम्पसका कर्मचारीले बताएका छन ।

 

परीक्षामा खटिएका निरीक्षकले उनलाई निर्धारित कोठामा जान आग्रह गर्दा विवाद भएको थियो ।

 

त्यसैक्रममा परीक्षा अनुगमनका लागि पुगेका स्ववियु सभापति राजकुमार यादवले परीक्षाको मर्यादा पालना गर्न आग्रह गर्दा उनीहरूबीच थप विवाद भएको थियो । परीक्षा हलमै यादवको साथबाट मोबाइल फोनसमेत भेटिएपछि विवाद थप चर्किएको थियो ।

 

क्याम्पस प्रमुख डा. केशव यादवले स्ववियु सदस्य आयुष यादवको साथमा रहेको मोबाइल जफत गरेपछि उनी आक्रोशित बनेको र फोनमार्फत बाहिरबाट आफ्ना समर्थकहरूलाई क्याम्पसमा बोलाएको कर्मचारीले बताएका छन् ।

 

त्यसपछि आयुष यादव र राजकुमार यादव पक्षबीच क्याम्पस परिसरमै हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले लाठीचार्ज गरेको थियो ।

 

कुटाकुटमा वीरगंज महानगरपालिका २४ का निल यादव र वीरगंज १० का राजु श्रीवास्तव घाइते भएका छन्  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.