किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
इसीमाना सम्वाददाता
२०८३ सावन २८ गते ०७: ४४ मा प्रकाशित
68 पटक पढिएको
काठमाडौं । नेपालका वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको छ।
डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले आज केन्याको राजधानी नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष एवम् प्रकाशक उनी डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन्। डब्लुएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ।
विज्ञप्तिमा कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक उल्लंघनको आरोपमा श्रेष्ठलाई हिजो साँझ ललितपुरस्थित उनको निवासबाट टोलीले पक्राउ गरेको उल्लेख छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका श्रेष्ठ पक्राउ परेको केही घण्टापछि प्रहरीले उनको कार्यालयमा समेत छापा मारेको डब्लुएपीसीले जनाएको छ।
डब्लुएपीसीले कुनै पनि पत्रकार वा सञ्चारमाध्यमले गोपनीयता, समाचारको शुद्धता, नैतिकता वा पत्रकारिताका अन्य पक्षसँग सम्बन्धित कानुनी तथा व्यावसायिक मापदण्ड उल्लंघन गरेको आरोप लागेमा त्यसलाई स्थापित कानुनी र नियामक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
संस्थाले वैध उजुरी वा गुनासालाई गम्भीरतापूर्वक लिनुपर्ने भए पनि लोकतान्त्रिक समाजमा त्यसको समाधान पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने प्रक्रियाबाट नभई स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनसम्बन्धी संयन्त्रबाट खोजिनुपर्ने जनाएको छ।
‘प्रेस स्वतन्त्रता र जवाफदेहिता सँगसँगै अघि बढ्नुपर्छ,’ डब्लुएपीसीले भनेको छ, ‘तर कुनै प्रकाशनले व्यक्तिको अधिकार उल्लंघन गरेको आरोप लागेमा त्यसको समाधान समानुपातिक, पारदर्शी र उचित प्रक्रियाअनुकूल हुनुपर्छ।
’ अध्यक्ष ओम्वोयोले सञ्चारमाध्यममा प्रकाशित सामग्रीका कारण पत्रकार गिरफ्तार पर्नु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र सञ्चारप्रति प्रतिबद्ध लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्।
उनले पत्रकारितामा गोपनीयता र शुद्धताको सम्मानलगायतका जिम्मेवारी रहने भए पनि त्यस्ता विषयलाई स्थापित व्यावसायिक र कानुनी संयन्त्रबाट सम्बोधन गर्नुपर्ने बताएका छन्। पत्रकारिताको नियमन वा न्यायिक प्रक्रियाको विकल्पका रूपमा हिरासतलाई प्रयोग गर्न नहुने उनको भनाइ छ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया