वीरगंज । नेपाल पत्रकार महासंघले बरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस स्वतन्त्रतामाथिको प्रहारको रुपमा लिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस बिज्ञप्ति जारी गर्दै समाचारको स्रोत खोज्न पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरिएको बिषयलाई पनि महासंघले गम्भिरता पूर्वक लिएको जनाएका छन।
सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ ।
यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ । महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ ।
महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषय प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ बिज्ञप्तिमा भनिएको छ।
साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ ।
तपाईको प्रतिक्रिया