वीरगंज । मधेश बिश्वबिद्यालयका उपकुलपती प्राध्यापक डा. दीपक शाक्यले आजको युवा पुस्ता जिम्मेवार जवाफदेही हुनु पर्ने बताएका छन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बीपीसी कलेजको सभा हलमा मधेश जागरण अभियानद्वारा आयोजीत युवा अभियन्ता एवं पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन ।
डा. शाक्यले युवा भन्ने बित्तिकै देशका मेरुदण्ड हुन भन्ने कुरा पूर्ण सत्य नभएको बताए । उनले लागू औषधको लतमा लागेर आफनो युवा उर्जा खेर फाल्नेहरु देशकालागि मुरुदण्ड हुन नसक्ने स्पष्ट पारे ।
उनले राष्ट्रको धरोहरहरु जलाउदै हिड्ने आफनै जन्मदाता इज्जत गर्न नसक्ने आफू भन्दा ठुलालाई आदर सानालाई माया गर्न नसक्ने प्रवृतिका वाहकहरु राष्ट्रको मेरुदण्ड हुन नसक्ने बताए ।,
डा. शाक्यले आजको युवापुस्ताले अध्ययनमा आफू अब्बल हुन पर्छ भन्ने कुरामा हेक्का राख्न जरुरी भएको बताए । उनले ज्ञानले सुसज्जीत युवा पुस्ताले देशको बिकास र सामाजिक परिर्वतनमा योगदान दिन सक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले केही बिदेशी शक्तिहरुले बिभिन्न कालखण्डमा नेपाललाई प्रयोगशालाको रुपमा प्रयोग गर्दै आइरहेको बताए ।
उनले नेपालमा बिदेशी शक्तिहरुले बिभिन्न नाममा जनताका वीचमा बिग्रह र भिडन्त गराउने कोशीस गर्दै आइरहेको भएपनि उनीहरु सफल हुन नसकेको बताए ।
उनले नेपाली जनतालाई एकताको सत्रुमा बाँधी राख्ने सामाजिक सदभाव र एकताको शक्ति बलियो भएकोले उनीहरु सफल नभएको उनको भनाई थियो ।
पछिल्लो पटक पुस्तान्तरणको कुरा ल्याएर घर घरमा बिभाजन ल्याउने प्रयास भएको चर्चा गर्दै उनले यसमा बिदेशीहरु केही हदमा सफल भएपनि पुराना अर्थात बुढाहरु सबै खराव काम नलाग्ने हामी मात्र ठिक भन्ने भाष्यनै असफल भएको बताए ।
युवा पुस्ता सृजनाका संवाहक हुन, निर्माणका शिल्पी हुन तर नेपालमा ध्वसका बाहक भएको भाष्य खडाका भएको चर्चा गर्दै आजको युवा पुस्ताले बिवेक सम्मत निर्णय लिनु पनेृ बताए ।
कार्यक्रममा संबिधान सभाका सदस्य आत्मराम साहले युवा पुस्ताले कुन कुरा ठिक हो कुन कुरा ठिक होइन भन्ने कुरामा प्रष्ट हुनु पर्ने सुझाव दिए ।
कार्यक्रममा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा । जनमत पर्साका अध्यक्ष ओमप्काश सर्राफ, प्रेस सेन्टर नेपालका मधेश अध्यक्ष निरज पिठाकोटे मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम अभियानका अध्यक्ष कृष्ण मोहन सहनीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पत्रकारिता र सामाजिक आन्दालनको माध्यमले समाजमा योगदान दिएका पत्रकार र युवा अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया