logo

कोषाध्यक्षमा मनोनयन भएसंगै रास्वपा पर्साको कार्यवाहक सभापतिको जिम्मेवारीमा  पूनः अधिकारी

 इसीमाना सम्वाददाता     २०८३ जेठ ३० गते ०९: २९ मा प्रकाशित     349   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी पूनः तुलसा पौडेल अधिकारीलाई दिइएको छ ।

 

 शनिवार वीरगंजमा सम्पन्न पार्टीको जिल्ला कार्यसमितिको बैठकले अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशनमा सर्वाधिक लोकप्रिय मत सहित सदस्यमा निर्वाचित अधिकारीलाई कोषाध्यक्षमा मनोनयन गरिएको छ ।

 

कोषाध्यक्षमा मनोनयन भएसंगै उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी पनि दिइएको हो । यस अघि पनि अधिकारीले कार्यवाहक सभापतिको भूमिकामा रहेर निर्वाचन परिचालन गरेकी थिइन ।


रास्वपा पर्साको कार्यसमितिको बैठकबाट महत्वपूर्ण संगठनात्मक निर्णयहरू भएको छ । शनिबार जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा बसेको बैठकले तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्ष तथा कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

जिल्ला सचिव सुदिश प्रजापतिले जारी गरेको बिज्ञप्ति अनुसार जिल्लाको अनुशासन आयोग बाहेक अन्य सम्पूर्ण विभागहरू खारेज गरी पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । पार्टीको संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउन विभागहरूको पुनर्गठन गर्न लागिएको जनाइएको छ ।

रास्वपा पर्साको जिल्ला अधिवेशनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेकी तुलसा पौडेल अधिकारी अब जिल्ला कोषाध्यक्षसंगै कार्यवाहक सभापति समेत जिम्मेवारी पाएकी हुन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.