logo

रास्वपा अध्यक्ष लामिछानेलाई राहत ,पर्सा जिल्ला अदालतले पनि  संगठीत अपराध सम्बन्धी मुद्धा फिर्ता लियो

 इसीमाना सम्वाददाता     २०८३ जेठ २६ गते ०५: ५९ मा प्रकाशित     457   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको संगठित अपराधसम्बन्धी मुद्दा पर्सा  जिल्ला अदालत पनि फिर्ता लिने आदेश दिएको छ ।

 

मङ्गलबार न्यायाधीश मोहन सुवेदीको इजलासले लामिछाने बिरुद्धको संगठीत अपराध सम्बन्धी कसुर फिर्ता लिने निर्णय सुनाएको हो ।

 

यस निर्णयसँगै लामिछानेमाथि अब केवल ‘सानो पाइला सहकारी’ ठगीसम्बन्धी मुद्दा मात्र बाँकी रहेको छ ।

 

यसअघि कास्की जिल्ला अदालतले पनि उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने आदेश दिइसकेको छ ।

 

अदालतको आदेशमा उल्लेख भएअनुसार, जाहेरवालाको मुख्य ध्येय आफ्नो रकम फिर्ता पाउनु रहेको र सहकारी ठगीको दाबी यथावत् नै रहेकाले संगठित अपराधको कसुर फिर्ता लिँदा न्याय निरूपणमा कुनै असर नपर्ने देखिएको छ ।

 

संगठित अपराधको अभियोग हटेपछि जाहेरवाला र प्रतिवादीबीच मिलापत्रको वातावरण बन्ने तथा बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया थप सहज हुने अदालतको ठहर छ ।

 

 २०८२ माघ ६ गते अदालतमा उपस्थित भई एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेसहितका प्रतिवादीहरूका हकमा यो आदेशले ठूलो राहत दिएको छ ।


लामिछाने बिरुद्ध काठमाडौँ र रुपन्देही अदालतमा अझै पनि संगठित अपराधको मुद्दा कायम रहेको छ । अर्कोतर्फ, मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत विचाराधीन अवस्थामा छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.