logo

चुनावमा घात गरेकाे आराेप लागेका बारा कांग्रेसका सभापति यादव निलम्वीत

 इसीमाना सम्बाददाता     २०८३ जेठ २१ गते ०८: ०६ मा प्रकाशित     301   पटक पढिएको

बीरगंज। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ।

 

 समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघनको कसुरमा यादवमाथि अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरेको हो।

 

 यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेको थियो।

 

सो सम्बन्धमा समितिले दुई पटकसम्म स्पष्टीकरण माग गर्दा पनि तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि, अनुसन्धान कार्य प्रभावित हुन नदिन नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ बमोजिम उनलाई निलम्बन गरिएको सचिव दिनेश थापामगरले जनाएका छन्।

 

 यसैगरी बैठकले सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का तीन जना प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई सजगताका साथ पदीय जिम्मेवारी वहन गर्न निर्देशन दिएको छ।

 

 उनीहरूमाथि पनि २०८२ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको उजुरी परेको थियो।

 

तर छानविनका क्रममा सोधिएको स्पष्टीकरणको जवाफ दिँदै उनीहरूले आफूमाथि लागेका आरोपहरू निराधार, असत्य र कपोलकल्पित रहेको भन्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका थिए।

 

सोही जवाफका सन्दर्भमा समितिले उनीहरूलाई आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहेर दत्तचित्तका साथ काम गर्न सचेत गराएको छ।

 

 अर्कोतर्फ, नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) ले भने अनुशासन उल्लंघनको आरोपबाट सफाइ पाएका छन्।

 

 उनीमाथि परेको उजुरीका सम्बन्धमा समितिले सोधेको स्पष्टीकरणको जवाफ र मिसिल संलग्न कागजातहरूको गहन अध्ययन गर्दा राउतको जवाफ सन्तोषजनक पाइएको समितिले उल्लेख गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.