logo

वर्तमान सरकार तानाशाही रूपमा शासन गर्ने उद्देश्यबाट प्रेरित भएर अगाडि बढ्न खोज्दैछः अध्यक्ष गिरी

 इसीमाना सम्बाददाता     २०८३ जेठ १६ गते १२: ११ मा प्रकाशित     231   पटक पढिएको

प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८३ बाट कारोबार दैनिकका वीरगन्ज संवाददाता निरज पिठाकोटे मगर पुरस्कृत भएका छन।

 

त्यसैगरी, यस वर्षको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट युवा पत्रकार बलिराम यादव पुरस्कृत भए।

709981795_26209371315405280_8221826216309953805_n-(1)-1780121931.jpg

पुरस्कृत दुवै पत्रकारहरूलाई कार्यक्रमका मुख्य अतिथि एवं प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष कमल गिरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतका अतिथिहरूले जनही २१ हजार रुपैयाँ नगद राशीसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए।

 

समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक के.सी. लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई ज्ञापन गर्दै श्रमजीवी पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै सङ्गठनहरू एकजुट हुनुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

त्यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, युनियन पर्साका अध्यक्ष बिजय  चौहान,क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार ,समाजवादी प्रेस संगठनका शम्भु कुमार सुमन, लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

पुरस्कार बितरण समारोहलाई समबोधन गर्दै  प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता यतिबेला राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर खतरा देखिएको बताए । 

 

जनताको आवाजलाई मुखरित गर्ने र लोकतन्त्रको पहरेदारी गर्ने पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सरकारले विभिन्न स्रोतहरूमा नाकाबन्दी गर्ने कुत्सित प्रयास गरिरहेको उनले आराप लगाए।

 

क्रान्तिकारी पत्रकार एवं सहिद कृष्णसेन इच्छुकको स्मरण गर्दै अध्यक्ष गिरीले गणतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीक भई आवाज उठाएकै कारण तत्कालीन सरकारले इच्छुकको हत्या गरेको स्मरण गरे।

 

उनले  आजको बदलिँदो परिस्थितिमा झन् निडर, व्यावसायिक र निष्पक्ष पत्रकारिताको महत्व र आवश्यकता बढेर गएको उल्लेख गरे।

 

अहिले देशैभरिका सञ्चारमाध्यमहरू चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा उनीहरूलाई जोगाउने र प्रवर्द्धन गर्ने गरी नीति ,नियम बन्नुपर्नेमा, वर्तमान सरकार तानाशाही रूपमा शासन गर्ने उद्देश्यबाट प्रेरित भएर अगाडि बढेको भन्दै अध्यक्ष गिरीले गम्भीर चिन्ता व्यक्त गरे।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.