logo

जसपा र कांग्रेसकै आन्तरिक समस्याका कारण बिश्वासको मत लिन डरायो यादव सरकार, अर्को मिति जेठ ८ गते तोक्न पत्राचार

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ०४: २४ मा प्रकाशित     1038   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णयादवले जेठ ८ गते मात्र बिश्वासको मत लिने गरि ब्यवस्थापनकोलागि मधेश प्रदेशका सभामुखलाई पत्र लेखेका छन । 

 


जेठ १ गते आजकालागि बिश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री यादवले आफनै पार्टी भित्र अनुकुल अवस्था नभएपछि बिश्वासको मत लिने वतावरण नवने पछि उनले मुख्यमन्त्रीलाई पत्र लेखेका हुन  ।

 

जनता समाजवादी पार्टी नेपालले  पनि सरकारलाई समर्थन दिनेबारे ठोस निर्णय लिन नसकेपछि र सत्तारुढ दलभित्रै आन्तरिक समीकरणमा फेरबदल आउन सक्ने जोखिम देखिएपछि  मुख्यमन्त्रीलाई बिश्वासको मत लिने अवधी लम्ब्याउने मौका मिलेको हो ।


यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार आजै विश्वासको मत लिने तयारी गरिएको थियो ।

 

विश्वासको मत सर्नुमा जसपा नेपालभित्रको आन्तरिक विवाद र नेपाली कांग्रेसभित्रको असन्तुष्टि मुख्य कारण देखिएको छ। जसपा नेपालका सांसदहरूबीच विश्वासको मत दिने वा नदिने भन्नेमा तीव्र मतभेद देखिएको छ भने कांग्रेसकै केही नेताहरूले फ्लोर क्रस गर्न सक्ने सूचना बाहिरिएपछि मुख्यमन्त्री यादव सतर्क भएका हुन। 

 

उता, सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीले आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। यद्यपि, सोही पार्टीका दुई मन्त्रीहरू अझै सरकारमै बहाल रहनुले मधेस प्रदेशको राजनीति थप पेचिलो बनेको छ ।

 

सत्ता समीकरण जोगाउन र बहुमत सुनिश्चित गर्न मुख्यमन्त्रीले थप समय लिएसँगै अबको केही दिन मधेस प्रदेशमा राजनीतिक दलहरूबीचको रस्साकस्सी अझै बढ्ने देखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.