logo

प्राधिकरणद्वारा प्रस्तुत पत्रकारिता पुरस्कार, अध्ययन तथा लेखनवृत्ति सम्बन्धी कार्यविधिमा छलफल शुरु

 इसीमाना सम्बाददाता     २०८३ बैशाख १४ गते ०७: ३५ मा प्रकाशित     314   पटक पढिएको

जनकपुरधाम। मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले ल्याएको ‘प्रदेश पत्रकारिता पुरस्कार, अध्ययन तथा लेखन छात्रवृत्ति तथा प्रोत्साहन कार्यविधि’को मस्यौदामाथि जनकपुरधाममा  छलफल भएको छ ।

No photo description available.

सोमबार प्राधिकरणद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछानेले  पुरस्कारहरुको स्थापना र त्यसको समग्र संचालन तथा ब्यवस्थापनकालागि कार्यबिधिको निर्माणलाई सकारात्मक कदम भएको बताएका छन ।

 

 उनले कार्यबिधि ब्यवहार निर्णय बिश्वसनीयताको आधार भउको बताउदै कार्यबिधिले निर्णयलाइ बैधता र औपचारिकता प्रदान गर्ने बताए । 

May be an image of one or more people and text that says 'सदेक प्दश मरकार सহकाय महालय आमसत्चार पाधिित प्रधिकरण सनकपरधान कायविचि सरोकारगालाहरु संगको छलफल कार्यकत्रम मिति: ನಂಡ್ದ समव: दिहाल स्थान: अजत मिवार कपुरधाम गामसर्वार मसत्वार नरमस्वार प्राधि'
आवेदकहरुको छनौट गर्दा अंकभारको माध्यमले छनोट गर्ने प्रक्रिया अझ बढी बिश्वसनीय हुने चर्चा गर्दै उनले त्यस बिषयको  अभीलेखीकरण गरिनु पर्ने सुझाव दिए । उनले अयोग्य आवेदनलाई हटाउने प्रवन्ध कार्यबिधिमै गरेर जादा उचित हुने बताए ।

 

प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  सहभागीहरूले कार्यविधिको उद्देश्य, संरचना तथा कार्यान्वयन पक्षबारे आफ्ना धारणा राखेका थिए  । 

 

मधेश प्रदेशलाई कार्यक्षेत्र बनाई आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई प्रोत्साहित गर्ने, उनीहरूको बौद्धिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने तथा निष्पक्ष, मर्यादित, व्यावसायिक र जवाफदेही पत्रकारिताको विकास गर्ने उद्देश्यले उक्त कार्यविधि ल्याइएको प्राधिकरणले जनाएको छ ।

 

 प्रदेश सञ्चार नियमावली, २०७७ को ७१ को उपदफा (ज१) मा उल्लेखित उद्देश्य पूरा गर्न तथा प्रदेश सञ्चारसम्बन्धी ऐन, २०७७ को दफा ७१ र नियमावलीको नियम ३८ बमोजिम कार्यविधि निर्माण गरिएको अध्यक्ष खड्गले जानकारी दिएका छन् ।

 

सहभागीहरूले कार्यविधि निर्माण गर्दा निष्पक्षता, पारदर्शिता र पेशागत स्वतन्त्रता सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् ।

 

 उनीहरूको भनाइमा यस्तो कार्यविधि सञ्चारकर्मीहरूको हितमा केन्द्रित हुनुपर्ने मा जोड दिएका छन ।

May be an image of one or more people, people studying, table, hospital and text

विगतमा बनेका सञ्चारसम्बन्धी ऐन तथा नियमावलीमा देखिएका कमजोरी दोहोरिन नदिन विशेष ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।

 

प्राधिकरण अध्यक्ष खरगाले  छलफलबाट प्राप्त सुझावहरूलाई अन्तिम कार्यविधिमा समावेश गरिने बताएका छन् ।

 

छलफल कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, प्रदेश अध्यक्ष श्याम बन्जारा, , मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, वरिष्ठ पत्रकार वृजकुमार यादव, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास, पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाल , सप्तरी अध्यक्ष श्रवण देव ,धनुषा अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष धीरेन्द्र साह, प्रेमचन्द्र झा, आतिश मिश्रलगायतले मस्यौदामाथि आफ्ना धारणा राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.