logo

भ्रामक अभिव्यक्तिप्रति महानगरको आपत्ति,कानून कार्यान्वयनमा अवरोध गर्नेलाई कारवाहीको माँग

 इसीमाना सम्बाददाता     २०८३ बैशाख १३ गते ०५: ५१ मा प्रकाशित     567   पटक पढिएको

वीरगंज । वीरगंजको मुख्य सडक विस्तार कार्यलाई लिएर “वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति” को नाममा भइरहेको प्रदर्शनका क्रममा केही व्यक्तिहरूले दिएको अभिव्यक्तिप्रति वीरगंज महानगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।


सर्वोच्च अदालतको अन्तिम फैसला पश्चात् सडक डिभिजन कार्यालय हेटौँडाले सुरु गरेको सडक विस्तार कार्यको विरोधमा मुख्य सडक क्षेत्रका घरधनीहरू संघर्ष समितिको ब्यानरमा प्रदर्शन गर्दै आएका छन्।


शनिबार भएको प्रदर्शनका क्रममा संघर्ष समितिसँग आबद्ध कुन्दन रौनियारले दिएको अभिव्यक्ति तथ्यहीन, भ्रामक तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने खालको रहेको भन्दै महानगर प्रमुख राजेशमान सिंहको सचिवालयले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो।


विज्ञप्तिमा महानगर प्रमुखलाई ‘दुश्मन’ को संज्ञा दिँदै गालीबेइजतीमा उत्रिनु निन्दनीय रहेको उल्लेख गरिएको छ। साथै, यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने चेतावनीसमेत दिइएको छ।

 


यस्तै, रौनियारले राष्ट्रिय विभूति शंखधर साख्वाबारे अपमानजनक अभिव्यक्ति दिएको तथा नेवार समुदायप्रति होच्याउने टिप्पणी गरेकोप्रति पनि महानगरले आपत्ति जनाएको छ।

 

 शंखधर साख्वा नेपाल संवतका प्रवर्तक तथा सामाजिक न्यायका अग्रदूतका रूपमा चिनिने ऐतिहासिक व्यक्तित्व भएकाले उहाँमाथिको टिप्पणीले समग्र समाजको भावनामा आघात पुगेको विज्ञप्तिमा उल्लेख छ।


चिल्ड्रेन पार्क सम्बन्धमा उठाइएका विषयहरू पनि तथ्यपरक नरहेको महानगरले स्पष्ट पारेको छ।

 

उक्त पार्कमा राखिएको शंखधर साख्वाको शालिक बाहिरबाट ल्याइएको नभई विगतदेखि त्रिजुद्ध माध्यमिक विद्यालय अगाडि रहेको शालिकलाई स्थानान्तरण गरी राखिएको जनाइएको छ।


विज्ञप्तिमा प्रतिशोधपूर्ण तथा साम्प्रदायिक अभिव्यक्ति दिने तथा अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन स्थानीय प्रशासनसँग माग गरिएको छ। 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.