logo

मन्त्रीहरु बिवादीत हुने क्रम बढ्दै , गृहमन्त्रीलाई लागेको आरोप बारे छानविन गर्न चौतर्फी माँग

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ७ गते ०३: २८ मा प्रकाशित     484   पटक पढिएको

वीरगंज  । बालेन सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै बिवादमा तानिएका छन । पछिल्लो पटक बालेन सरकारका सर्वाधिक गतिशिल मानिएका गृहमन्त्री सुधन गुरुङ्ग नै बिवादमा तानिएका छन ।

 

बालेन सरकारले सम्पत्ती शुद्धिकरण मुद्धामा छानविन गर्न पक्राउ गरिएका ब्यापारी दिपक भट्टनै गृहमन्त्रीका ब्यवसायीक साझेदार भएको सार्वजनीक भएपछि उनी बिवादमा तानिएका हुन । 

 


गृहमन्त्री बिवादमा तानिएपछि उनलाई रजीनामा दिन चौतर्फी दवाव बढेको छ । जेनजेड रेड फोर्स नेपालले जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन भन्दै उनको राजीनमा माँगेको छ ।

 

केन्द्रीय संयोजक स्मृति तिमिल्सीनाले एउटा बिज्ञप्ति सार्वजनीक गरि  तपाईको एउटा काण्ड बाहिर निस्कियो, खोज्दै जाने हो भने तपाईको अझै धेरै काण्ड निस्किन सक्ने हामीले आसंका गरेका छौं भनेकी छिन । 

 

त्यसैले, नैतिक जिम्मेवारी लिंदै तपाईले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस्। जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन उनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

यसैवीच नेपाली कांग्रेसले पनि गृहमन्त्री बिरुद्ध छानविनको माँग गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको हो ।

 

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ ।

‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।

 

त्यसैगरि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले  गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे सरकारसँग स्पष्टीकरण माग गरेका छन्। यो बिषय नैतीकतासंग पनि जोडिएकोले रास्वपा समेत यस बिषयमा मौन बस्न नहुने उनको भनाई छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.