logo

पार्टी अध्यक्ष ओलीलाई रिहा गर्न पर्सा एमालेको माँग

 इसीमाना सम्वाददाता     २०८२ चैत २५ गते ०८: ५० मा प्रकाशित     286   पटक पढिएको

वीरगंज । नेकपा एमाले पर्साको बुधबार सम्पन्न जिल्ला स्तरीय भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

टाउन हलमा सम्पन्न भेलामा स्थानीय नेताहरूले   वर्तमान सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्। गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरूले कडा विरोध जनाए।

 

 नेताहरुले पार्टी संगठनभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने, नेतृत्वको निर्देशन र निर्णयअनुसार  पार्टी  पंक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए। वक्ताहरूले पार्टी भित्रका कमजोरी सुधार्दै सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।


एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। पार्टी निर्देशन नमान्ने नेतामाथि कारबाही नगरेसम्म विकृति हट्न नसक्ने उनको भनाइ थियो।

 

उनले पार्टीले आयोजना गर्ने हरेक आन्दोलनमा टिकट लिएर चुनाव लडेका नेता, निर्वाचित मेयर तथा वडा अध्यक्षहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि राखे।

 

जिल्ला कमिटी अध्यक्ष डा.  विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न भेलामा  केन्द्रीय सदस्य प्रभु हजरा,, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, जालिम मियाँ,  प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री  प्रमोद जयसवाल, जन्नत अन्सारी तथा जिल्ला सचिव महेश दास,मानदेव हजरा, सन्जु छतकुली लगायतकाले मन्तव्य राखेका थिए।


कार्यक्रममा पोखरीयाका मेयर प्रधुम्न चौहान ,पर्सागढीका मेयर गोकर्ण पाठक ,बहुदरमाई नगरपालिका मेयर सिघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा, नेताहरु शिवजी गुप्ता, बिना शर्मा, शिव पटेल,वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अलि लगायतको  सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.