logo

प्रहरीले बिचौलिया भन्दै अपमान गर्न थालेपछि लेखापढी ब्यवसायीहरु अनिश्चितकालीन आन्दोलनमा

 इसीमाना सम्बाददाता     २०८२ चैत २३ गते ०४: २३ मा प्रकाशित     329   पटक पढिएको

वीरगञ्ज । परिक्षा दिएर लेखापढी ब्यवसायीको प्रमाणपत्र लिएर आफनो पेशा ब्यवसाय गर्दै आइरहेका ब्यवसायीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।

 

प्रहरीले उनीहरुलाई  “बिचौलीया”धरपकड गरि आफूहरुको स्वभिमान र सम्मानपूर्ण र रुपमा वाँच्न पाउने मानव अधिकारको बिश्वब्यापी मान्यताको उललंघन गरेको बताए छन  ।  

 

गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा बन्द गरेका छन्।


उनीहरुको सेवा बन्दका कारण सेवाग्राहीले बिभिन्न समस्या झेल्न बाध्य छन ।

 

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णय अनुसार सरकार र प्रहरी प्रशासनको कार्यशैली विरुद्ध आन्दोलन सुरु गरिएको हो।

 

 उनले लेखापढी व्यवसायीहरूलाई बिनाकारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत पक्राउ गरिएको आरोप लगाए। उनले सेवाग्राहीलाई सेवा दिन मिल्ने सरकारले नै लाइसेन्स जारी र गरेको अहिले त्यसको घोर अपमान गरेका बताएका छन ।

 

यादवले नेपाल सरकारको नियम अनुसार भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर धरौटी बुझाई सेवा सञ्चालन गरिरहेका व्यवसायीहरू माथि विभिन्न बहाना बनाइ धरपकड गरिनु खेदजनक भएको बताए।

 

उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।

 

उनका अनुसार पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १ सय २१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सय भन्दा बढी व्यवसायी सक्रिय रहेका छन्।

 

सरकारले कि प्रमाणपत्र खारेज गर्नु पर्यो होइन भने बिचौलिया भन्दै धरपकड गरेर अपमान गर्ने काम तुरुन्त बन्द हुनु पर्ने उनीहरुको भनाई छ ।आन्दोलनका कारण सेवाग्राहीहरू भने प्रत्यक्ष प्रभावित भएका छन्।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.