logo

पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनका लागि सक्रिय भूमिका निर्वाह गर्छु साँसदः पन्त

      २०८२ फागुन २९ गते ०७: २८ मा प्रकाशित     277   पटक पढिएको

वीरगंज । पर्साका क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य हरि पन्तले पर्सा जिल्लाको समग्र विकास, विशेषगरी पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्सा, होटल व्यवसायी संघ पर्सा तथा होटल संघ नेपाल मधेश प्रदेशले आफूहरुलाई बधाईदिनकालागि संयुक्त रुपमा वीरगंजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

 


उनले  निजी क्षेत्रसँग सहकार्य गर्दै वीरगंजलाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा थप सशक्त बनाउने लक्ष्य रहेको बताए  ।

 

 

त्यसैगरि पर्सा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य टेक बहादुर शाक्यले व्यवसायी समुदायले राखेका अपेक्षालाई सम्मान गर्दै पर्यटन क्षेत्रको विकास र व्यवसायी मैत्री वातावरण निर्माणका लागि पहल गर्ने बताए  ।

 


त्यसैगरी वीरगंज उद्योग वाणिज्य संघका पर्यटन समितिका संयोजक अनोज रुंगटाले वीरगंजको पर्यटन, होटल तथा सेवा क्षेत्रलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन राज्यको सहयोग आवश्यक रहेको बताए  ।

 

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित बुद्धि प्रसाद पन्त (हरि पन्त) र पर्सा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य टेक बहादुर शाक्यलाई वीरगंजमा संघले कार्यक्रम मार्फत बधाई ज्ञापन गरेको हो । 

 

होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मधेश प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना धेरै रहेको उल्लेख गर्दै यसको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।


कार्यक्रमको सहजीकरण होटल संघ नेपाल मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए। कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


बरिष्ठ होटल व्यवसायी पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.