logo

महोत्तरीमा एमालेका पार्टी सदस्य ३३ हजार पार्टीलाई भोट साढे १४ हजार छैन त गजबको

 इसीमाना सम्वाददाता     २०८२ फागुन २८ गते ०१: ५४ मा प्रकाशित     485   पटक पढिएको

वीरगंज । एउटा कम्युनिष्ट पार्टी कसरी बिघठनको संघारमा पुग्छ भन्ने कुराको दृष्टान्त फाल्गूण २१ मा सम्पन्न भएको निर्वाचनको समानुपातिक तर्फको मत परिणामले देखाएको छ । 

 

मधेश प्रदेशको महोत्तरी जिल्लाको समानुपातिक मतपरिणाम सार्वजनीक भएसंगै अहिले सामाजिक संजालमा निकै चर्चामा छ ।

 

नेकपा (एमाले) संगठन विभागको अभिलेख अनुसार महोत्तरी जिल्लाको पार्टी संगठित सदस्यको संख्या ३३ हजार २ सय ८५  रहेको छ।  

 

यही पार्टी सदस्यको आधारमा गएको ११ औं राष्ट्रिय महाधिवेशनमा महोत्तरतीबाट ठुलो संख्यामा प्रतिनिधिहरु सहभागी भएर अहिलेको नेतृत्व चुनेका हुन ।

 

त्यत्रो पार्टीm पार्टी सदस्य भएको ठाउँमा  नेकपा एमालेले समानुपातिक तर्फ  १४ हजार ६ सय ६२ । मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले भन्छ  ।

 

पार्टी परित्याग गरेका छैनन तर पार्टीलाई भोट दिदैन त्यस्तै पार्टी सदस्यहरुको कारण नेकपा एमालेको हविगत कमजोर भएको छ तर नेतृत्व यसबारे  बेखवर छ ।

 

एमालेले पाएको समानुपातिक मत भन्दा ५६.५ प्रतिशत बढी पार्टी सदस्य छन । आफ्नै पार्टीलाई भोट नहाल्ने पनि कम्युनिष्ट पार्टीको सदस्य हुन्छन ? एमाले पंक्तिमा अहिले यो प्रश्न जोडतोडले उठदै छ ।

 

पार्टी कब्जा गर्नकालागि महोत्तरीमा  भोटरलिष्टमा रहेको नाममा पार्टीको सदस्यता बितरण गरेको हुनु पर्छ । पार्टी सदस्यता छानेर दिने हो पार्टी सदस्यता दिन योग्य छ छैन भन्ने परिक्षण गरेर दिने प्रचलन एमालेमा थियो तर अहिले पार्टीलाई भड्खालोमा  पुर्याएर आफ्नो स्वार्थपूर्तीकोलागि ज पनि गर्न मिल्ने बनाइइएको छ ।

 

महोत्तरीको यो प्रकरणले नेकपा एमालेको भित्र अस्तित्वमा नरहेका पार्टी सदस्यको मतबाट बनेको नेतृत्वले आम कार्यकर्ताको प्रतिनिधित्व कसरी गर्न सक्छ भनेर प्रश्नहरु उठेका छन । 

 

संगठनको संख्या बढाएर  प्रतिनिधि त बनियो होला पार्टी सत्ता त कब्जा गरियो हो तर यो प्रवृतिले राजनीतिमा जितिँदैन, राजनीतिमा जित्नकोलागि जनताको मनमा नै बस्नु पर्छ जनताको बिश्वास नै जित्नु पर्छ । 

 


संख्या देखाएर शक्ति प्रदर्शन गर्ने राजनीति  महोत्तरी जस्तै अन्यत्र पनि चल्यो होला तर तर मतपेटिकाले देखाइदियो सदस्यताको सूचीले होइन कामबाट स्थापित भएर जनताको मनमा बसेको भए मात्र चुनाव जितिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.