logo

एमालेको पोखरिया नगरकमिटीका उपसचिव सहितका नेताले छोडे पार्टी

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते १२: १४ मा प्रकाशित     338   पटक पढिएको

वीरगंज। नेकपा एमालेको पोखरिया नगर कमिटीका उप–सचिव मुस्तुफा आलमसहितका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन ।

 

निर्वाचनको सम्मुखमा आएर पार्टी परित्याग गरेका उनीहरुले पार्टीमा हुदै आएको  पक्षपातपूर्ण व्यवहारका कारण आफूहरूले अलग हुने निर्णय गरेको जनाएका छन । 


नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरिया नगर कमिटीका उप–सचिव मुस्तुफा आलमसहित वडा र जनवर्गीय संगठनका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै पार्टीबाट अलग भएको जनाएका हुन्।

 

 पार्टी छाड्नेमा वडा नं. ९ का वडा कमिटी अध्यक्ष धर्मेन्द्र पटेल, नगर महिला उप–सचिव सुदामा देवी, नगर सदस्य बलिराम मुखिया, राष्ट्रिय युवा संघ नेपाल पोखरिया कमिटीका उपाध्यक्ष रामनरेश मुखिया, सदस्य विकास मिश्र, बृजकिशोर राउत कुर्मी (गबर०, सिकेन्द्र राम र उर्मिला देवी रहेका छन्।

 

उनीहरूले डा.विश्वम्भर शर्माको नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै जिल्ला नेतृत्वले कार्यकर्ताको भावना बेवास्ता गरेको आरोप लगाएका छन्। वक्तव्यमा आन्तरिक लोकतन्त्र कमजोर पारिएको, गुटगत प्रभाव बढेको तथा निर्णय प्रक्रिया एकलौटी भएको उल्लेख गरिएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.