logo

उम्मेदवार रुङ्गटाको प्रतिवद्धता पत्र सार्वजनीक, १० शिर्षकमा समेटिए सेवा प्रवाहको योजना

 इसीमाना सम्वाददाता     २०८२ फागुन १४ गते ०६: २९ मा प्रकाशित     331   पटक पढिएको

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नपाली कांग्रेसका तर्फबाट   उम्मेदवार रहेका अनिल कुमार रुगटाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

 

नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत वीरगञ्जमा खोलिएको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रुगटाले पर्सा–१ प्रतिज्ञा’ पत्र सार्वजनिक गरेका हुन्।

 

प्रतिज्ञापत्र सावृजनीक गर्दै नेता रुङ्गटाले  नेपाली कांग्रेसको भिजन १० राष्ट्रिय दिशा भएको र आफूले सार्वजनीक गरेको प्रतिज्ञा स्थानीय तहको सेवा प्रवाहको योजना  भएको बताएका छन ।

 

उनले जनमुखी र पारदर्शी सेवाको सुनिश्चिततकालागि आफू क्रियाशिल हुने बताए । उनले जनता र सरकारको वीचमा आवश्यकता अनुसार समन्वयकारी र हस्तक्षेपकारीको हैसियतमा काम गर्ने बताए ।

 

उनले  आफूले सम्पादन गर्ने कामबाट  आत्मसम्मान, सम्मानीत पर्सा र समुन्नत देश निर्माणको संकल्प लिएका छन ।  उनले वीरगंजको बिविधतालाई सम्मान गर्दै त्यसको एकता र सहकार्यलाई थप मजवुत बनाउदै समृद्धिको दिशामा अघि बढ्ने बताएका छन ।

 

उनले सास्दले आफै सडक बनाउदैन वा अन्य भौतीक पूर्वाधार निर्माण गर्दैन तर त्यो निर्माणकालागि नीतिको निर्माण, स्रोतको ब्यवस्थापन , राज्यका निकायहरुलाई समन्वय गराउने निर्माणलाई गुणात्मक बनाउने कुरामा भूमिका निर्वा गर्ने भएकोले आफू त्यो भूमिका निर्वाहमा कहि नचुक्ने प्रतिवद्धता जनाए । 


उनले राजनीतिमा अर्को अनुहार थप्न नआएको काम गर्ने, संस्कृतिको बिकास र मुलुक र जनताप्रति जवाफदेही राजनीतिकोलागि आफू राजनीतिमा आएको बताए । 


रुङ्गटाले सावृजनीक गरेको प्रतिवद्धतामा  पिउने पानकिो उलब्धता,स्वास्थ्य सेवाको गुणात्मक सुनिश्चितता, सीप सहितको शिक्षा,आर्थिक  बिकासको योजना,जेनजेडका सपना पुरा गर्न निष्पक्ष अवसरको बितरण,हरित वीरगंज ,नारयाणी रंगशालाको पूनः निर्माण,महिला शसक्तीकरण,र सुशासनलाई समेटेका छन ।

 
उनले फरक प्रसंगमा आफूले संचालन गरेको उधोगले प्रदुषणयुक्त पानी सिरसिया नदिमा एक थोपा पनि नमिसाएको बताए । उनले एउटा निष्पक्ष समितिको निर्माण गरि सो बिषयमा अध्ययन अनुसन्धान गर्न समेत आव्हान गरे ।

 

उनले आफूले संचालन गरेको उधोगमा ९५ प्रतिशत नेपाली नागरिकले रोजगार पाएको बताए । केही प्राविधिक जनशक्ति बाहिरबाट झिकाउनु पर्ने बाध्यताको रहेको बताउदै बिस्तारै त्यो जनशक्ति पनि नेपालमै तयार हुने बिश्वास ब्यक्त गरे ।

 

 उनले मतदाताको साथ र सर्मथन आफूले पाएको र निर्वाचनको रेसमा आफू पहिलो नम्बर रहेको समेत बताए । 


नेपाली कांग्रेसका प्रचार बिभाग सदस्य कन्चा झाले संचालन गरेको कार्यक्रममा पत्रकारहरुले बिभिन्न जिज्ञासाहरु राखेका थिए ।

 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापनि जनार्दन सिंह क्षेत्री ,पूर्व सभापती अजय कुमार द्विवेदी,उपसभापति राम नारायण कुर्मी, क्षेत्रीय अध्यक्ष अरविन्द गुप्ता,  महानगर समितिका का पूर्व अध्यक्ष भोला कलवार, नेपाल महिला संघका केन्द्रीय सदस्य किरण सरकार , नेपाली कांग्रेसका प्रचार बिभागका सदस्य दिपेन्द्र चौहान नेपाली कांग्रेसका नेता श्याम पोख्रेल उधोग बिभागका सचिव मनोज दास लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

रुगटाले प्रतिज्ञापत्रमार्फत पर्सा–१ का नागरिकको अपेक्षा सम्बोधन गर्दै विकास र स्थायित्वको पक्षमा जनमत जुटाउने विश्वास व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.