logo

ठोरीको समृद्धि बिना चितवनको विकास अधुरोः सोविता गौतम

 इसीमाना सम्बाददाता     २०८२ फागुन १३ गते ०५: २९ मा प्रकाशित     191   पटक पढिएको

ठोरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले ठोरी क्षेत्रको विकासलाई चितवनको समग्र समृद्धिसँग जोड्दै ठोरीको रूपान्तरणबिना चितवनको विकास अधुरो रहने बताएकी छन्।

 

ठोरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले केरुङ–ठोरी नाका सञ्चालन, ठोरी भन्सार सुदृढीकरण तथा हुलाकी सडकजस्ता बहुप्रतीक्षित पूर्वाधार योजनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्। उनले नीति र विधिमा सुधार गर्दै सुशासन स्थापना गर्ने उद्देश्यले रास्वपाको उदय भएको उल्लेख गरिन्।

 

कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेक बहादुर शाक्यले ठोरीसहित समग्र क्षेत्रका दीर्घकालीन समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। साझा चुनौती र साझा एजेण्डामा सहकार्यमार्फत विकासलाई तीव्रता दिने उनको भनाइ थियो।

 

सभामा किशोर तमाङ, कामोध्या चौधरी, धीर सिंह, जगदीश पटेललगायत वक्ताहरूले रास्वपाको वैकल्पिक राजनीतिक सोच, पारदर्शिता र जवाफदेही शासन प्रणालीको आवश्यकता औंल्याए।

 

 उनीहरूले परम्परागत राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्न नयाँ शक्ति आवश्यक रहेको धारणा व्यक्त गरे।

 

कार्यक्रमकै अवसरमा सयौँ स्थानीय बासिन्दा र समर्थक रास्वपामा प्रवेश गरेका थिए। सभाको अध्यक्षता माधव बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजीकरण सन्तोष श्रेष्ठले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.