logo

पर्सागढीमा विभिन्न दल त्यागी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश, रीमा यादवलाई जिताउने प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ फागुन १३ गते ०५: ०६ मा प्रकाशित     275   पटक पढिएको

पर्सा । पर्सागढी नगरपालिका वडा नं. ४ हरदासपुर थरुवान टोलमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं युवा तथा महिलाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

 

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल परित्याग गरेका २ सय ५१ जना युवा तथा महिलासहित जनमत पार्टी र नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता समेत एमालेमा समाहित भएका हुन्।

 

जिल्ला उप–सचिव नबिजान अंसारी, एमाले नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव, रमेश यादव, वीरगञ्ज–१० का नेता प्रमोद गुप्ता, अंगद गुप्ता तथा अजय गुप्तालगायतका नेताहरूको पहलमा बुधबार आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई अबिर–टिका र गम्छा ओढाएर स्वागत गरिएको थियो।

 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा प्रदेश उपाध्यक्ष बिचारी यादवले नवआगन्तुकहरूलाई पार्टीमा स्वागत गर्दै एमालेको नीति, विचार र विकासमुखी एजेण्डाबाट प्रभावित भई ठूलो संख्यामा युवा तथा महिलाहरू पार्टीमा आबद्ध भएको बताए।

 

जनमत पार्टीका पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् भने नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनौं कार्यकर्ता एमालेमा समाहित भएका छन्।

 

 पार्टी प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी, राजकुमारी देवीलगायत रहेका छन्।

abc51898-fad2-4bcc-92a2-ff47d0966b1a-1771996453.jpeg

नवप्रवेशीहरूले पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादवलाई आगामी निर्वाचनमा विजयी गराउन एकजुट

 भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

कार्यक्रममा बोल्दै नेताहरूले मधेसको विकास, सुशासन र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राखे। “पर्सा–२ को समृद्धि र जनताको अधिकार सुनिश्चित गर्न रीमा यादवलाई विजयी गराउन हामी सबै एकढिका भएर लाग्नेछौं,” नवप्रवेशी नेताहरूले संयुक्त प्रतिबद्धता जनाए।

 

एमाले नेताहरूले पार्टीमा भइरहेको प्रवेशले पर्सा क्षेत्रमा एमालेको जनाधार थप मजबुत भएको दाबी गर्दै आगामी निर्वाचनमा यसको सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.