logo

सोविता गौतम ठोरी आउँदै, चौतारामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

 इसीमाना सम्वाददाता     २०८२ फागुन १२ गते ०९: २८ मा प्रकाशित     272   पटक पढिएको

ठोरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की चर्चित नेतृ सोविता गौतम भोली, फागुन १३ गते ठोरी आउँदैछिन्।

 

उनले  दिउँसो १२ बजे ठोरी गाउँपालिका–१ अन्तर्गत चौतारामा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

 

पार्टीका स्थानीय कार्यकर्ता र समर्थकहरूले कार्यक्रमलाई भव्य तथा व्यवस्थित बनाउने तयारी तीव्र बनाएका छन्।

 

 रास्वपा ठोरीका अध्यक्ष माधव बस्नेतका अनुसार, जिम्मेवारी बाँडफाँट गरी कार्यक्रमलाई सफल बनाउन आवश्यक सबै तयारी गरिएको छ।

 

कार्यक्रममा नेतृ गौतमले ठोरी र माडी–चितवन क्षेत्रका साझा समस्या, समसामयिक राष्ट्रिय राजनीति, सुशासन, विकास निर्माण र स्थानीय जनचासोका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।

 

 कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गरिएको छ।

रास्वपा ठोरीले सम्पूर्ण आम नागरिक, शुभेच्छुक र समर्थकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.