logo

पर्सा–१ मा रुङटाको घरदैलो अभियान तीव्र, सुशासन र प्रविधिमैत्री सेवामा जोड

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते १२: ३५ मा प्रकाशित     295   पटक पढिएको

वीरगंज । पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जगरनाथपुरमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटाको घरदैलो अभियान तीव्र बनेको छ।

 

 वडा नं. २२ मा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उनलाई फूलमाला र अबिरसहित भव्य स्वागत गरेका थिए।

 

बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

सहभागीहरूले रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, महिला सशक्तीकरण र सीप विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

 

रुङटाले आफ्नो उम्मेदवारी  परिवर्तनको अवसर भएको बताउँदै सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी प्रणालीमार्फत पर्सा–१ को विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे। जनताको सुझावलाई सम्मान गर्दै निरन्तर जनतामाझ रहने अठोट उहाँले व्यक्त गर्नुभयो।

 

पर्सा क्षेत्र नं. १  का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै रुङटाले जनताको साथ, समर्थन र सुझावलाई सधैं उच्च सम्मानका साथ आत्मसात् गर्ने प्रतिबद्धता जनाए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.