logo

जनतासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार यादवले गरे विकासको प्रतिबद्धता

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते १०: ५६ मा प्रकाशित     217   पटक पढिएको

वीरगञ्ज, । वीरगञ्ज महानगरपालिका वडा नं. २१ मा आइतबार नेकपा एमालेको घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ।

 

कार्यक्रमअन्तर्गत उम्मेदवार प्रदीप यादवले वडा नं.२१ का विभिन्न टोलहरूमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गरेका थिए।

 

 स्थानीय बासिन्दाहरूले स्वागतसहित आफ्ना समस्या, अपेक्षा र सुझाव राख्दै विकासप्रति स्पष्ट धारणा व्यक्त गरेका थिए।

 

उम्मेदवार यादवले  वडा नं. २१ को समृद्धि, विकास र सुशासनका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले  शिक्षा, सरसफाइ, सडक सुधार, खानेपानी व्यवस्थापन तथा सुरक्षा जस्ता विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिज्ञा व्यक्त गरे।

 

स्थानीय बासिन्दाहरूले पनि वडाको समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

घरदैलो कार्यक्रमपछि उम्मेदवारले भने, “तपाईंहरूको अपार माया, साथ र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। हामी सबै मिलेर वडा नं. २१ लाई उदाहरणीय, स्वच्छ, सुरक्षित र विकासित वडा बनाउनेछौं।”

 

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति उम्मेदवारले हृदयदेखि आभार व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.