logo

सब–इन्जिनियर  यादव हत्या प्रकरण, दोषीलाई कारवाही माँग गर्दै इन्जिनियरहरु सडकमा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते ०३: १८ मा प्रकाशित     271   पटक पढिएको

वीरगंज । सर्लाहीमा राष्ट्र सेवक कर्मचारीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

 

गत  फागुन ३ गते साँझ पर्यावरण विकास कार्यालय, राजविराजमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवलाई घर जाँदै गरेका बेला अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको घटनाप्रति कर्मचारी मिलन केन्द्र सर्लाही तथा जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कडा शब्दमा निन्दा गरेका हुन्।

 

नेपाल इन्जिनियर्स एशोसिएसनले केन्द्रमा गृहमन्त्रीलाई भेटेर दोषी पत्ता लगाई कारवाही गर्न माँग गर्दै ज्ञापन बुझाएको छ । त्यसैगरि पर्सामा पनि वीरगंजमा एशोसिएशनले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन बुझाएको छ । 

 


एशोसिएशनले   बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म कलम बन्द कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै, कार्यालय समयमा कालोपट्टी बाँधी शान्तिपूर्ण विरोध जनाउने कार्यक्रम समेत जारी छ।


साँझ ६ बजे हुने घण्टाघरमा दीप प्रज्वलन गरि  श्रद्धाञ्जली कार्यक्रम गर्ने कार्यक्रम सार्वजनीक गरेको छ । 

 

एशोसिएसनले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गरिएको छ। साथै शहीद घोषणा गर्नसमेत आग्रह गरिएको छ।

 

आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड तथा कार्यालयमा खटिनुपर्ने अवस्था रहेकाले यस्ता घटनाले कर्मचारीहरूको मनोबल खस्किएको विज्ञप्तिमा उल्लेख छ।

 

त्यसैले सम्पूर्ण कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। यसैवीच सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

 

एशोसिएसनले आज गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र कार्यस्थलमा इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.