logo

वीरगंज–१६ इनार्वामा घरदैलो कार्यक्रम सम्पन्न, एमालेको सम्पर्क कार्यालय उद्घाटन

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते ०१: १२ मा प्रकाशित     242   पटक पढिएको

वीरगंज । — वीरगंज महानगरपालिका वडा नं. १६ अन्तर्गत इनार्वा क्षेत्रमा मंगलबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न भएको छ।

 

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, सुझाव आदान–प्रदान र आशीर्वाद ग्रहण गर्दै कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको जनाइएको छ।

 

कार्यक्रमका क्रममा आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवासाथीहरूसँग स्थानीय विकास, पूर्वाधार, सरसफाइ, रोजगारी तथा सामुदायिक आवश्यकताका विषयमा छलफल भएको एमालेका उम्मेदवार प्रदीप यादवले बताएका छन।

 

स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि समन्वयात्मक पहल आवश्यक रहेको धारणा समेत व्यक्त गरिएको थियो।

 

यसै अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट इनार्वामा चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। सो कार्यालयलाई जनतासँग नियमित संवाद, सुझाव संकलन तथा चुनावी कार्यक्रम व्यवस्थापनको केन्द्रका रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ।

 

कार्यक्रममा वक्ताहरूले समृद्ध वडा, व्यवस्थित शहर र उज्ज्वल भविष्य निर्माणका लागि जनसहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीयवासीको साथ, सहयोग र विश्वास नै सफलताको आधार हुने बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.